किट सकिएपछि रयापिड टेष्ट पनि ग्रुपमा !

सुर्खेत, २४ बैशाख ।
बैशाख २० गते सुर्खेतको लेकवेशी नगरपालिकाको क्वारेन्टाईनमा रहेका आठ जनालाई घर पठाइयो । जीवन ज्योती मावी दशरथपुरको क्वारेन्टाईनमा १४ दिनपछि उनीहरु घर गएका हुन् । तर १४ दिनसम्म क्वारेन्टाइनममा बसे उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन । किनकी क्वारेन्टाइमा बसेका सबैको परीक्षणका लागि नगरपालिकासँग आरडीटी किट थियो न त प्रदेश सरकारसँग नमूना परीक्षण गर्न आरएनए एक्ट्रयाक्सन किट नै थियो ।

विकल्पका रुपमा आरडीटी अर्थात रयापिड टेष्ट गर्ने निर्णय गरियो । तर रयापिड टेष्ट गर्नका लागि समेत नगरपालिकासँग प्रर्याप्त किट थिएन । अन्तः ग्रुप टेष्ट गरेर घर पठाइयो । १४ दिनसम्म एउटै ग्रुपमा बसेका कारण दुई जनाको रिपोर्ट नेगेटिभ आए पनि नगरपालिकाले बाँकी ६ जनामा पनि कोरोना संक्रमित नभएको अनुमान ग¥यो । क्वारेन्टाइनमा बसेकामध्ये एक जनाले भने, रयापिड टेष्ट नै नगरेर घर पठाउने भए भात खानमात्रै किन क्वारेन्टाइनमा राखेको हो ? नगरस्वास्थ्य शाखाका स्वास्थकर्मी कर्ण आचार्यका अनुसार किट आएपछि मात्रै परीक्षण गर्ने सर्तमा सम्झाएर क्वारेन्टाइनमा बसेकालाई घर पठाइएको जनाए ।

सोही दिन सुर्खेतकै भेरीगंगा नगरपालिकाले पनि नौ जनालाई घर पठायो । तर नौं जनामध्ये एकजनामा मात्रै रयापिड टेष्ट गरिएयो । बैशाख ६ गते सिन्धुपाल्चोकबाट आएकालाई नगरपालिकाले किट अभाव भएका कारण एक जनाको जाँच गरेर नौ जनालाई घर पठाउनु परेको स्वास्थ्य संयोजक राजेश बुढाले बताए । बैशाख २० गते नै सुर्खेतको खुल्लामञ्चस्थित क्वारेन्टाइनबाट एसय ३४ जना बिदा भए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेका अनुसार सात जनाको ग्रुपका दरले रयापिड टेष्ट गरेर विदा गरिएको हो । तर कोरोना संक्रमतिको आशंका देखिएकालाई केहीको भने नमूना परीक्षण नै गरिएको थियो ।

व्यवस्थापन समिति पनि स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा कसैमा पनि कोरोना संक्रमण नभएको निष्कर्षमा पुग्यो । रोजगारीका लागि विभिन्न जिल्लाबाट उद्दार गरिएका सुर्खेतका १९, जाजरकोटका १५, कालिकोटका ४०, जुम्लाको २२ र दैलेखका १५, मुगुका १०, अछामका ३, हुम्लाका ३, रुकुमपश्चिमका ३, डोटीका २ र सल्यानका २ जनालाई क्वारेन्टाइनबाट बिदाई भए ।
उल्लेखित घटना केही प्रतिनिधि पात्र मात्रै हुन् । विगत हप्तादिनदेखि कर्णाली प्रदेशमा रयापिड टेष्ट गर्ने किट अभाव भएको छ । हप्तादिनसम्म किट नआउने भएपछि क्वारेन्टाइनमा बसेकालाई ग्रुपमा टेष्ट गरेर घर पठाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘दश हजार किट माग गरेका थियौँ तर तीन हजार मात्रै किट आइपुग्यो’ स्वास्थ्य निर्देशक रीता भण्डारीले भनिन् ‘किट नआउँदासम्म ग्रुपमा टेष्ट गर्नुको विकल्व छैन ।’ पछिल्लो समय विभिन्न जिल्लाबाट गाउँ फर्किएकाहरु समेत रयापिड टेष्ट गर्न झनै समस्या हुने उनको भनाइ छ । ‘हप्तादिनमा आउला कि भन्ने हो तर नेपालमै किट अभाव छ’ उनले भनिन् ‘ जोखिम बढेकै बेला किटहरु खरिद गर्न समस्या भयो ।’

तपाईको प्रतिक्रिया
error: Content is protected !!