पीसीआर परीक्षण : सुर्खेतमा रोकियो, जुम्लामा सुरु

सुर्खेत, २४ बैशाख ।
नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कर्णालीमा जोखिमपूर्ण अवस्थामा छ । संक्रमित भित्रन नदिन तत्कालनका लागि एक साता नाकाहरु बन्द गरिएका छन् । कोरोनाभाइरसको संकट बढ्दै जाँदा परीक्षणको दायरा बढाउनुपर्ने समयमा परीक्षण गर्नका लागि स्वाव संकलनमा प्रयोग गरिने भीटीएम किट र आरएनए एक्ट्रयाक्सन किटको चरम अभाव हो । जसले गर्दा सुर्खेतका दुई वटा पीसीआर परीक्षण आइतबारदेखि नै रोकिएका छन् ।

यद्यपी आगामी आइतबारसम्म किट आउन सक्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तत्काल कुनै व्यक्तिमा संक्रमणको आशंका लागेको खण्डमा भने आपत्कालिन प्रयोजनका लागि प्रदेशले ३० वटा सुरक्षित राखेको छ । यता जुम्लाबाट पनि कोरोना भाइरसको पीसीआर मेसिनबाट नमूना परीक्षण गरिएको छ । सोमबार रातीदेखि पीसीआर परीक्षण गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाका प्रयोगशाला संयोजक विवेक पुनमगरले जानकारी दिए । उनका अनुसार पहिलो पटक आठजनाको मात्रै पीसीआर परीक्षण गरिएको हो ।


परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएका छन् । जुम्लामा मेसिन आएको झण्डै १३ दिनपछि परीक्षण सुरु गरिएको हो । प्रतिष्ठानले एक पटकमा ९६ वटा नमूना परीक्षण गर्न सक्ने क्षमताको पीसीआर मेसिन २७ लाखमा चीनबाट खरिद गरी ल्याएको हो । जुम्लासँग दुई सय ५० जनाको परीक्षण गर्न मिल्ने एक्ट्रयाक्सन किट रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार