उद्दार गरिएका बाटै जोखिम, लकडाउनमै भारतबाट ३६ सय घर फर्किए

सुर्खेत, २४ बैशाख ।
कोरोना संक्रमति ठाउँबाट नागरिकहरु प्रदेशमा नफर्किउन भन्नका लागि सरकारले गरेको लकडाउन अझै जारी छ । तर लकडाउनकै अवधिमा भारतबाट ठूलो संख्यामा नेपालीहरु गाउँ फर्किएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लकडाउनको अवधिमा भारतको विभिन्न ठाउँबाट तीन हजार ६ सय पाँच जना नागरिक गाउँ फर्किएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।

नागरिक उद्धारकै  फाईल तस्विर

भारतमा कोरोना संक्रमित बढेपछि गाउँ फर्किएका तीन हजार ६ सय ६ जना नागरिकमध्ये कति जनाको स्वास्थ्य परीक्षण भयो भन्ने एकिन तथ्याङ्क भने प्रदेश सरकारसँग छैन । प्रदेश स्वास्थ्य निर्देशनालयले भने रयापिड टेष्टमा संक्रमितको आशंका लागेको खण्डमा नमूना परीक्षण गर्दै आएको छ । हालसम्म दश हजार ६९ जनालाई मात्र पीसीआर परीक्षण गरिएको छ ।


उद्दार गरेका नागरिक बढी जोखिममा
महिनादिन लामो लकडाउनका कारण अलपत्र परेका नागरिकलाई केही सयम पहिले प्रदेश सरकारले उद्दार गरयो । उद्दारका लागि प्रदेश सरकारले पाँचजना मन्त्रीहरुलाई नै विभिन्न जिल्लाहरुको जिम्मेवारी तोक्यो । स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित जिल्लाका सांसदहरुले चुनावी झल्को दिनेगरी रातरात नागरिकलाई गाउँ पुरयाइए । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दश हजार आठसय तीन जना नागरिकलाई सरकारले उद्दार गरी गाउँ पु¥याएको छ । तर उनीहरुमध्ये अधिकांश नागरिक क्वारेन्टाइनमा बसेन्नन । सबै भन्दा धेरै कालीकाेट, त्यसपछि जुम्लाका स्थानीय नागरिक उद्धार गरी घर पठाइएकाे ५ ।

उद्दार गरिएकै समयमा प्रदेशसँग परीक्षण किटहरु अभाव भयो । जसका कारण संक्रमणको जोखिम बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उद्दार गर्नु राम्रो भए पनि क्वारेन्टाइनमा नबस्दा संक्रमण फैलिने डर भएको स्वास्थ्य निर्देशक रीता भण्डारी बताउँछिन् । किट आएको खण्डमा क्वारेन्टाइनमा बसेकाहरुको भने १४ दिनभित्रै परीक्षण गर्ने उनको भनाइ छ । क्वारेन्टाइनमा नबसेकाहरुको सन्दर्भमा गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार