दैलेखका सबै नाका सिल

दैलेख, २४ बैशाख ।
नेपालगन्जमा कोरोना संक्रमण देखिएपछि दैलेखका सीमा नाका सिल गरिएको छ । नेपालगंजमा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि दैलेखमा त्रास फैलिएको छ । सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेपनि नेपालगन्जबाट जिल्ला आउनेको संख्या नरोकिँदा दैलेखमा जोखिम बढेको हो ।


सरकारले गरेको लकडाउनकै अवधिमा करिब तीन हजार नागरिक दैलेख भित्रिएका छन् । बाँकेको नेपालगन्जहुँदै धेरै नागरिक दैलेख भित्रिएकाले जिल्लाबासी त्रसित भएका हुन् । अलपत्र नागरिकलाई नेता, सांसद र मन्त्रीले हुलका हुल गाडीमा जिल्ला पठाए पनि परीक्षण नगरी परिवार र समाजको सम्पर्कमा गएकाले जोखिम बढेको हो । नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै दैलेखमा विशेष कडाइ गरिएको छ ।

लकडाउनपछि नेपालगन्ज हुँदै धेरै व्यक्ति भित्रिएको भन्दै स्थानीय प्रशासनले कडाइ गरेको हो । छिमेकी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखिएपछि दैलेख जिल्लालाई पूर्णरुपमा सिल गर्ने निर्णय गरिएको छ । दैलेख प्रवेश गर्ने सबै नाका सिल गर्ने निणर्य गरिएको हो । हालसम्म कोरोना संक्रमण नदेखिएको दैलेखलाई सुरक्षित राख्न जिल्ला सुरक्षा समितिको बैठकले सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।



ताजा समाचार