लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ बैशाख ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले केही समय लकडाउन थप्न सरकारलाई सिफारिस गरेको छ । समितिको मंगलबार बसेको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले भने, ’अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटोमा हिँडिएको छ, सही छ भन्ने निष्कर्ष निकालियो। लकडाउन निरन्तर रहन्छ ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।  सचिव बिडारीले लकडाउन कति समय थप्ने बारेमा केही बताएनन् । लकडाउन थप गर्ने वा नगर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ । कोरोना भाइरस संक्रमण जोखिमका कारण जारी लकडाउन २५ गते सकिँदै छ ।

तपाईको प्रतिक्रिया