सल्यानमा चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

सल्यान, २३ बैशाख ।
सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३, चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

चट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए । यस्तै, चट्याङ लागेर मृतककी आमा अतिराम र भाइ यमराज पनि घाइते भएका छन् ।

त्यस्तै, परिवारका अन्य सदस्यहरू टेकबहादुर, दीपा र रणसिंह राना पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । स–परिवार घरमा बसिरहेका बेला मंगलबार बिहान चट्याङ परेको थियो ।

तपाईको प्रतिक्रिया