सुन्दर नेपाल संस्थाद्धारा विपद् कोषमा ४ लाख ६६ हजार

सुर्खेत, २३ बैशाख ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा सहयोग रकम जम्मा गरिएको छ । सुन्दर नेपाल संस्थाले प्रदेश विपद् कोष र विभिन्न गाउँपालिका, नगरपालिकाको विपद् कोषमा ४ लाख ६६ हजार रकम सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस माहामारी रोकथाममा सहयोग पु¥याउनुका साथै लकडाउनको पूर्ण पालना गर्दै लकडाउनले समस्यामा परेको मजदुर, गरिव, विपन्नवर्गको सेवाका लागि प्रदेश तथा नगर/गाउँपालिकाका कोषमा सहयोग रकम जम्मा गरिएको छ ।

प्रदेश सरकारको विपद् कोषमा १ लाख ५१ हजार र स्थानीय तहको विपद् कोषमा प्रति तह ३५ हजारका दररले ९ वटा स्थानीय तहमा ३ लाख १५ हजारसहित कुल ४ लाख ६६ हजार नगद रकम कोषमा जम्मा गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई संस्थाका अध्यक्ष हेम प्रकाश भुसालले मंगलबार हस्तान्तरण गर्नुभएको थियो ।


त्यसैगरी युनिसेफको सहयोगमा सुन्दर नेपाल संस्थाले कर्णाली प्रदेश सरकारलाई १००० थान ग्लोब्स, १५०० थान पिस माक्स, १२ बोटल सेनिटाइज, २०० मिटर पिफर्म र बाँके जिल्लामा ६०० मीटर पिफर्म गरी एक लाख साठी हजार नौसय उनान्सय रुपैया बराबरको स्वास्थ्य सामाग्री पनि सहयोग गरेको छ ।

सुन्दर नेपाल संस्थाले विगत वर्ष देखिनै विपद व्यवस्थापनको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । सुर्खेतमा आएको बाढि पहिरो तथा विपद पूर्वतयारीका लागि जिल्ला विपद् प्रतिकार्य योजना, आपतकालिन सामाग्रीहरु पनि जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय सरकारलाई हस्तान्तरण गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार