भारतका नेपाली उद्दार बारे

प्रेम राज ढुंगाना “प्रभात“ (सचिव)
महाराष्ट्र गुजरात सयुक्त राज्य समिति, प्रवासी नेपाली संघ भारत
हाल : पञ्चपुरी नगरपालिका वडा नं.–५, सुर्खेत

नेपाल भारत खुल्ला सिमानाका कारण नेपालीहरु भारतमा रोजगारको लागि जाने गर्छन । विश्व भर फैलिएको कोरना भाईरसले भारतमा पनि बढ्दो रुप लिएपछि भारतमा रहेका नेपालीहरु ठुलो समस्यामा परेका छन् । सामाजिक संगठनको रूपमा स्थापित संगठन प्रवासी नेपाली संघ भारत बिगत १९६६ देखि प्रवासी नेपालीहरुको हकहित र अन्तर्राष्ट्रिय अधिकार प्राप्तिको निम्ति संघर्ष गर्दै प्रवासी नेपालीको सुख दुखको साथी बन्न सफल संगठन प्रवासी नेपाली संघ भारतले भारत भरी समस्यामा रहेका नेपालीहरुलाई आपत बिपतको बेला जहिले पनि दुई कदम अगाडि बढेर काम गर्दै आएको छ ।

रहरले होईन बाध्यताले नेपालीहरु प्रवासीने गरेको पाईन्छ देशमै रोजगारीको व्यबस्था भएको भए आशुका धारा चुहाउँदै बाँचे भेटौला भन्दै नेपालीहरु बिदेशिने थिएनन भारतमा नेपालीहरु कलकारखाना, होटेलमा भान्से र सुसारे, चौकिदार, अफिसियल काम, अध्ययन र केही मात्रमा सेना र प्रहरीमा कार्यरत भएको पाईन्छ भारतमा कति नेपाली छन् भन्ने प्रमाण नत नेपाल सरकारसंग छ, नत भारत सरकारसंग छ भारतमा कार्यरत संघ, संगठनको अनुमान अनुसार करिब ४०/५० लाख प्रवासी नेपालीहरु भारतमा छन् । नेपालका हरेक परिवर्तनमा तिनै प्रवासी नेपालीहरुको ठूलो योगदान छ चाहे त्यो २०४६ को आन्दोलन होस चाहे त्यो २०६२÷०६३ को ऐतिहाँसिक जन आन्दोलन होस, संविधान सभाको निर्वाचन होस स्थानीय तहको निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन होस तीनै प्रवासी नेपालीहरुको सहभागीता रहेको छ ।


भारतमा रहेका नेपालीहरुलाई थुप्रै समस्याहरु छन् भारत सरकारले पनि हेपाह दृस्टिकोणले हेर्ने गरेकोछ । विश्वभर फैलिएको कोरना भाईरसका कारण भारतमा पनि लकडाउन छ, लकडाउनका कारण नेपालीहरु ठूलो समस्यामा परेका छन् खाना बस्न नपाएर केही नेपालीहरु भौतारिएको अवस्था छ । नेपालीहरुको उद्धार र राहात उपलब्ध गराउन सरकार एवम् दिल्लीस्थित नेपाली दूतावासले त्यति चासो दिएको छैन तर यो समस्याको घडीमा प्रवासी नेपाली संघ भारत उनीहरुलाई सकेसम्म आवश्यक सहयोग उपलब्ध गराउन दिनरात लागि परेको छ भारतका विभिन्न राज्यहरुमा प्रवासी नेपाली संघ भारतले विपद् व्यवस्थापन कोष गठन गरेर राहात संकलन गरिरहेको छ । भारतमा सबै भन्दा धेरै कोराना भाईरस देखिएको महाराष्ट्र राज्यमा एस राज्यमा प्रवासी नेपाली संघका केन्द्रीय सदस्य महाराष्ट्र गुजरात सयुक्त राज्य समिति इन्चार्ज गिरिराज बेल्बासेको सयोजकत्वमा राहात संकलन गरेर महाराष्ट्र गुजरातका विभिन्न क्षेत्र नासिक, पुना, मुम्बई, सुरत बलसाड र पलघर जिल्लामा आपत बिपतमा परेका नेपालीहरुलाई चामल, दाल, तेल, नुन तरकारी लगायत राहात बितरण भइ रहेको छ ।

भारतमा काम गर्दै आएको व्यपार तथा व्यवसाय बन्द भएपछी कयौंलाई एक छाकको जोहो गर्न पनि कठिन भएको छ । भारतको राज्य सरकारले रासन कार्डका आधारमा मात्र राहात बाँडेका कारण उनीहरुले सहजै त्यो राहात पाउने अवस्था पनि छैन । त्यसमाथी लकडाउन लागू हुनु अघि नै नेपाल जान हिडेका सयौं नेपाली त बाटोमा अलपत्र परेका छन् प्रवासमा रहेका नेपालीहरुका लागि अभिभावकको भूमिका खेल्नु पर्ने दूतावासले बेवास्ता गरेपनि संधै प्रवासी नेपालीहरुको सुख दुखको साथी प्रवासी नेपाली संघ भारतले समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न लागि परेकोछ । भारतको आर्थिक राजधानी मुम्बई नेपालीहरुका लागि रोजगारको आकर्षक गन्तव्य हो मुम्बईमा मात्र ३÷४ लाख भन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । लकडाउनले यिनिहरुलाई ठूलो अशर परेको छ । त्यहा प्रवासी नेपाली संघका सदस्यहरु लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई राहात दिन कम्मर कसेर आफ्नो ज्यानको प्रबाह नगरी लागि परेका छन् ।

केही प्रवासी नेपालीहरुको अवस्था भयानक चिन्ताजनक रहेको छ । हालसम्म प्रवासी नेपालीहरु अनुशासित र इमानदार हुन्छन् भन्ने नेपालीहरुको पहिचान देखाउँदै सबै नागरिकको हैसियतले आ–आफ्नो ठाउँबाट सबै नीति निर्देशनहरुलाई आत्मसात गरिरहेका छन् । तर यता सानादेखी ठुलासम्म सम्पूर्ण ब्यवसयहरु बन्द भएकाले साँझ विहनाको छाक कसरी टार्ने बालबच्चा साथमा छन् तिनीहरुलाई के खिलाउने कसरी पाल्ने कहाँ बस्ने भन्ने प्रवासी नेपालीहरुमा ठुलो चिन्ताको विषय बनेको छ ।
त्यसको साथै जुन यो महामारीको रूपमा फैलिएको कोरोना भाइरस छ । त्यो मानिसहरुबाट मानिसहरुमा सर्छ भन्ने डर र त्रासले पनि प्रवासी नेपालीहरु धेरै आतिएका त्रसित भएका छन् । नेपाल सरकारसंग आग्रह छ कि प्रवासमा रहेका प्रवासी नेपालीहरु देशभक्त जनवाद र गणतन्त्र लागी आफ्नो जीवनको बलिदान गर्न कहिले पछि नहटेको इतिहाँस साँची छ । हामीले जहिले पनि देशलाई अप्ठ्यारो परेको बेला त्यसको लागी काँध थापेका नै हौ अझ पनि चट्टान भै उभिने छांै । हामी देश लाई अप्ठ्यारो पर्न हिजो पनि दिएनौ आज पनि दिदैनौ । त्यो विषयमा हामी गम्भीर छांै कहिँ हाम्रो कारणले देश सङ्कटमा पर्ने त होइन कि भन्ने चिन्तित पनि हामी छौं । तर पनि हामी सारै अप्ठ्यारोमा परेका नेपालीहरुलाई सरकार ले स्वदेश लिनुपर्छ । यहाँ भोक र त्रास ले मर्न दिनु हँुदैन हाम्रो अनुरोध छ । भारत र नेपालका विभिन्न बोडरहरु मा दुबै देशका नागरिक छन् तिनीहरु सारै पीडित छन् । यहाँहरु आ–आफ्नो देशमा जानु पाउनु पर्छ । र उनीहरुको पनि सरकारको नियम कानुन बमोजिम बस्नुपर्ने हुन्छ । भारतमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश आउने वातावरण मिलाउनु अहिलेको आवश्यकता रहेको छ । धन्यवाद ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार