विद्युत चिसापानी बन्यो, बबईमा बनाईदै

सुर्खेत, २३ बैशाख ।
सोमबार रातीदेखि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान (सल्लीबजार), पश्चिम रुकुम (चौरजहारीको) विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरी, पानीले गर्दा कोहलपुर–सुर्खेत ३३ केभिए प्रशारण लाईनको चिसापानी र बबई नजिक अवरुद्ध हुन पुगेको थियो । मुख्य प्रशारण लाईनको तार चुडिँदा विद्युत सेवा अवरुद्ध हुन पुगेको थियो । सोमबार रातीदेखि नै मर्मतका लागि विद्युत प्राधिकरणको टोली फिल्डमा खटिएको छ ।

विद्युत प्राधिकरण सुर्खेतले चिसापानीको मर्मत कार्य सम्पन्न गरेको छ । हावाहुरी र बर्षादले मुख्य प्रशारणलाईनको तार चुडिँदा विद्युत सेवा अवरुद्ध हुन पुगेको थियो । प्राविधिकहरुको टोलीले बबई नजिकै जुडिँएको तार मर्मत कार्य जारी राखेको विद्युत प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो । बबईमा मंगलबार विहानैदेखि भिषण बर्षा भएका कारण मर्मत कार्यमा केही ढिलाई हुन पुगेको उहाँको भनाई छ ।


बर्षाद रोकिएमा बबईको विद्युत मर्मत कार्य गरी यो समाचार तयार गर्दा ९ः३० बजेदेखि एक घण्टाभित्र कर्णाली प्रदेशका पाँच वटै जिल्लाको विद्युत प्रशारणलाई नियमित गरिने उहाँको भनाई छ । विद्युत मर्मतका लागि कार्यालय प्रमुख टंकराज गिरी, प्राविधिकहरु मदन वली, सुरेन्द्र वस्नेत, विशाल केसी, बल बहादुर कार्की, गोविन्द पौडेल सहित ६ जनाको प्राविधिक टोली सोमबार रातीदेखि नै फिल्डमा खटिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार