सल्लीबजारमा कोरोना आएको हल्लापछि …

दुर्गा विसी
सल्यान (सल्लीबजार), २२ बैशाख ।
सल्यान सल्लिवजारमा एक जनामा कोरोना भएको हल्लाले यहाँका नागरिकमा ठुल्लै त्रास उत्पन्न भएको छ । सोमबार विहानैदेखि स्थानीय वजारदेखि गाउँगाउँमा सल्लिवजारमा कोरोना भित्रिएको एकाएक हल्ला फैलियो । लकडाउनमा परेर सल्ली आउन नपाएका केही हप्ता अघि मुस्लिम समुदायका एक जना व्यापारीले सल्लिवजार आएपछि यहाँका नागरिकमा कानेखुसी सुरु भएको थियो ।

आइतवार मात्रै नेपालगञ्जमा १६ जनामा कोरोना पुष्टि भएपछि सोही बेलादेखि उनको विषयमा ठुलै टिकाटीपप्णी सुरु भएको थियो । बेलुकी अबेर जिल्ला अस्पताल पुरयाएको उनलाई चेकजाँच गर्दा आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । अफवाह फैलाउनेहरुले निकै समस्या बनाएको नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जनाउनुभएको छ ।


घरभित्रै बस्न र लकडाउनको पालन गरी गलत अफवाहको हल्लाकापछि नलाग्न पोख्रेलले विशेष अनुरोध गर्नुभएको छ । सबैलाई सचेत र सजगता अपनाउने वेला हलानो फलानोलाई कोरोना छ भनी हल्ला फैलाउने काम नै ठुलो अपराध भएको उहाँको भनाई छ ।

साथै नेपालगञ्जमा कोरोना पुष्टि भएपछि सल्यान सल्लिवजारमा लकडाउन कडा पारिएको छ । आवज जावतमा कडाई गरिएको छ । सल्यान जिल्ला एलोजोनमा परेपछि माथिल्लो निकायबाटै कडाइको निर्देशन आएको छ । त्यसमा पनि सल्लिवजार सुर्खेत, जाजरकोट, रुकुम र डोल्पाको प्रवेशद्वार भएकोले कोरोनाको उच्च जोखिममा रहेको भनाई छ ।


1 thought on “सल्लीबजारमा कोरोना आएको हल्लापछि …

  1. hall chaleko bhaye, sabai lai dar nai lageko bhaye , RDT matrai hoina PCR test nai garera dhukka bhayeko bhaye ramro hune ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार