नेपालगञ्ज संक्रमणको प्रभाब हुम्लामा बन्दाबन्दी कडाई

सिमकोट, २२ वैशाख ।
खुकुलो रुपमा जारी रहेको हुम्लामा बन्दाबन्दी सोमबारबाट निक्कै कडाई गरिएको छ । जिल्लाका लागि मुख्य ब्यापारिक नाका नेपालगंजमा एक्कासी १५ जनामा कोरोना संक्रमणका ब्यक्तिलाई पोजेटिभ देखिनु र नेपालगंजबाट हुम्लाकासीलाई हवाई उद्धार कार्य जारी रहेको कारण बन्दाबन्दीलाई कडाई गरिएको हो ।

मबार बिहानैबाट स्थानीय प्रशासनले बन्दाबन्दीलाई कडाई गर्दा मानिसहरु एक ठाउँबाट अर्को ठाँउमा जान निशेष गरिएको स्थानीय सपुरा रोकायाले बताउनुभयो । बिरामी बाहेक अन्य कसैलाई पनि घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । यसअघि बन्दाबन्दी भए नभएको खासै भिन्नता थिएन । तर, सोमबार बिहानबाट पशुबस्तु निकाल्न समेत दिइएको छैन । तर नेपालगंजमा ठुलो संख्यामा संक्रमित देखिनु र हुम्लाबासीलाई नेपालगंजबाट हवाई उद्धार गरेरको समय एकै परेको कारणले स्थानीय प्रशासनले बन्दाबन्दी निक्कै कडाई गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु नाका नाका र चोक चोकमा ठुलो संख्यामा परिचालन गरिएको छ ।

नेपालगंजबाट माथिल्लो हुम्लाका बासिन्दाहरुलाई उद्धार गरि रहेको बेला नेपालगंजमा कोरोना संक्रमित देखिए पछि बन्दाबन्दीलाई थप कडाई गरिएको प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो । । स्थानीय प्रशासक र सुरक्षा प्रमुखहरु आफै पनि बन्दाबन्दी कडाई गर्न बजार क्षेत्रमा निस्कनु भएको छ । फाट्ट फुट्ट रुपमा बाहिर घरको आगम निस्कने ब्यक्तिलाई पनि प्रहरीले सम्झाएर घरभित्र पठाउने गरेको छ ।

वैशाख २० र २१ गते नेपालगंज र सुर्खेतबाट हवाई उद्धार गरि ४८० जना हुम्लाबासीको उद्धार गरिएको थियो । प्रनाउ घर्तीमगरका अनुसार उद्धार गरिएका सबैलाई क्वारेन्टाईनमा राखिएको छ । गाउँपालिका र वडा अनुसार उद्धार गरिएकाहरु क्वारेन्टाईनमा रहदै आएका छन् । नेपालगंजबाट उद्धार गरिएकाहरु बजार क्षेत्रमा बसेका नागरिकहरु पनि रहेका छन् । कोरोना संक्रमणकै कारण हुम्लामा बन्दाबन्दीलाई थप कडाई गरिएको उहाँले बताउनुभयो । कोरोना कहरकै कारण बाँकी नेपालगंजमा रहनु भएका हुम्लाबासीलाई आजबाट हवाई जहाजमा उद्धार गर्न बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया