हुरीवतास, चट्याङदेखि हल्का बर्षा

सुर्खेत, २२ बैशाख ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मौसमी बदली हुने सम्भावना भएको छ । जल मौसम कार्यालय कोहलपुर हाल सुर्खेतका अनुसार दुई प्रदेशका धेरै जिल्लाहरुमा मौसम बदली हावा हुरी वतास, चट्याङसहित हल्कादेखि मध्यम बर्ष हुने मौसम पूर्वानुमान गरिएको छ । सोमबार र मंगलबार भेरी, कर्णाली नदीमा पानीको बहाब केही बढ्ने भएकाले तटिय क्षेत्रका स्थानीयबासीमा सर्तक रहन सूचना जारी गरिएको छ ।


बुधबार बबई, कर्णाली र महाकाली नदीहरुमा उल्लेख्य बहाब बढ्ने छ । कञ्चनपुर, कैलाली, बर्दिया र बांके जिल्ला भएर बहने चुरिया खोलानालाहरु र डडेलधुरा, डोटी, अछाम, सुर्खेत, लगायत जिल्लाहरुका स–साना खोलानालाहरुमा आकस्ममिक बाढी समेत जान सक्ने जल मौसम कार्यालय सुर्खेतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार