टर्कीबाट डाेल्पामा १५ हजार च्यालन्दर जातकाे ओखर विरुवा ल्याइयाे

रामचन्द्र न्यौपाने
डोल्पा, २१ बैशाख ।
डोल्पामा व्यावसायिक ओखर खेतीका लागि च्यालन्दर जातका पन्ध्र हजार बिरुवा खरिद गरिएको छ । कोरोना भाईरस, लकडाउनका कारण ढिला भएको भन्दै सुकेका ओखरका विरुवा डोल्पा पुरयाइएको छ । सुकेको ओखरको विरुवा सर्ने वा नसर्नेमा कृषकहरु चिन्तित बनेका छन् । विरुवा डोल्पा पुरयाउन महिनौ लागेपनि विरुवाको अवस्था कमजोर भएकाले विरुवा सर्ने वा नसर्नेमा कुनै ग्यारेन्टी छैन । कृषकलाइ वितरणकाे लागि तयारी गरिएकाे छ । सुकेकाे विरुवा भएकाले नसरेमा त्यसकाे जिम्मा कसकाे हुने हाे कृषक अनविज्ञ भएका छन् । विरुवा लिएर नसरेमा पछि कृषकलाइ नै दाेष अाउने हाे कि भन्दै चिन्तित बनेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण, कृषि सडक, कृषि सिँचाई लगायतका आयोजनाको अनुदान रकमबाट पन्ध्र हजार ओखर बिरुवा खरिद गरिएको हो । जिल्लामै पहिलो पटक टर्किबाट एक करोड १२ लाख ५० हजार रकम बराबरका च्यालन्दर जातका ओखरका बिरुवा पु¥याइएको कृषि कार्यालयले जनाएको छ । कृषकको माग अनुसार बिरुवा झिकाएर पनि धमाधम बितरण सुरु गरिएको कार्यालयले जनाएको छ ।

मध्ये डोल्पामा पर्ने त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके गाउँपालिका लगायतका स्थानीय तहका पकेट र ब्लगमा आवद्ध कृषकहरुलाई जुफालबाट बितरण सुरु गरिएको हो । सात समुन्द्र पारीबाट ल्याइएको च्यालन्दर जातको ओखरले लगाएको एक बर्षमै फल दिने कृषि ज्ञान केन्द्र कार्याल डोल्पाको दाबी छ ।

लकडाउनमा पनि बाह्र हजार बिरुवा जहाजबाट जुफाल विमानस्थलमा पुरयाएर पनि बितरण सुरु गरिएको छ भने तीन हजार विरुवा सडक मार्गबाट तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका लागि पठाइएको छ । तल्लो डोल्पामा सडकमार्गबाट गाडिमा बिरुवा पठाई सकेकाले पुग्ने बित्तिकै बितरण सुरु गरिने कर्णाली प्रदेश सभा सांसद बिर बहादुर शाहीले बताए ।

नयाँ जातको ओखरले फल दिन सुरु गरेपछि डोल्पाली कृषहरुको आयस्रोतको बलियो माध्याम बन्ने सांसद शाहीकोे भनाई छ । कृषि ज्ञान केन्द्र कार्यालयको समन्वयमा जुम्लाको दाजुभाई नर्सरीले नेपाली एजेन्टमार्फत पन्ध्र हजार बिरुवा खरिद गरेर नेपाल पुरयाएको हो । जिल्ला भरिमा सात वटा ओखर पकेट र एउटा ब्लग रहेको छन् ।


एउटा पकटेलाई चार सय र ब्लगलाई तीन हजारका दरले बिरुवा बितरण गरिएको छ । बिरुवा लगाउन इच्छुक तर पकेट र ब्लगमा नसमेटिएका कृषकलाई समेत पाँच देखि दश वटासम्म सात सय पचासका दरले बितरण गरिएको छ । यो बर्ष एउटा ओखर पकेटमा चार लाख र ब्ल्गमा पैँतालीस लाख अनुदान रकम गएको र दश बर्षसम्म लगातार गइराख्ने कृषि कार्यालयले जनाएको छ ।

पकेट र व्लगमा आवद्ध कृषकहरुले अनुदानको दुरुपयोग गरेमा अनुदान रकम तुरुन्तै बन्द गरिने कार्यलयको भनाई छ । बिरुवा फागुनसम्म पुरयाएर लगाइसक्नु पर्ने भएता पनि ढिला गरी मात्रै आईपुगेको भन्दै जनप्रतिनधि र कृषकहरुले गुनासो गरेका थिए ।

सामाजिक सञ्जालमा बिरुवा सुकेको र ढिलागरी आइपुगेका भन्दै आलोचना भएपछि सरोकारवाला टोलीले स्थलगत अनुगमन समेत गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, ठुलिभेरी नगरपालिकाका प्रमुख गणेश बहादुर शाही, प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकार, सशत्र प्रहरी नायव उपरिक्षक चेत थापा, जिल्ला अनुसन्धान प्रमुख दिनेश रेग्मी, कृषि कार्यालय प्रमुख भिम बहादुर धराला लगायतका पत्रकारहरुको टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीले बिरुवा ढिला गरी आएको निष्कर्ष निकल्दै बिरुवा हरियोनै रहेकाले छिटो बितरण गरेर कृषकहरुलाई लगाइ हाल्न सुझाव दिएको थियो । कृषि विकास कार्यालय प्रमुख भिम बहादुर धरालाले बिरुवा डोल्पासम्म ल्याई पु¥याउने नर्सरीलाई एक रुपैयाँ पनि नदिएकाले यदि बिरुवा नलागेमा भुक्तानी बन्द गरिने बताए ।
लकडाउन कारण करिब एक दुई महिना ढिला गरी मात्र बिरुवा आइपुगेकाले बताउँदै कृषकलाई मार पर्ने गरी काम नगरेको धरालाले बताए ।

नयाँ परिक्षणका लागि बिरुवा झिकाइएको बताउँदै अझै कृषकको माग अनुसार बिरुवा उपलब्ध गराउन नसकिएको धरालाको भनाई छ । बिदेशी उन्नत जातको बिरुमा गाउँमै पाएपछि कृषकहरु खुशिले दंग भएकाछन् । ओखर पकेटका लागि लिएको बिरुवालाई हुर्काएर त्यसबाट राम्रो आम्दानी लिने त्रिपुरासुन्दरी नगरपालिकाका कृषक बम बहादुर सार्कीले बताए ।



ताजा समाचार