दुर्गा विसी
सुर्खेत, २१ बैशाख ।
सुर्खेत सिम्ता गाउँपालिकामा राहत स्वरुप सहयोग गर्ने दाताहरु दिनप्रतिदिन बढिरहेका छन् । वातावरण बहुउद्देश्यीय सहकारी संस्था, विरेन्द्र सिंह ठकुरी, स्थानीय व्यापारी र पार्टी प्रतिनिधिहरु समेत सिम्ता गाउँपालिकामा राहत स्वरुप रकमै तथा खाद्यान्न हस्तान्तरण गरेका छन् ।
अन्य सहयोगका लागि समेत दाताहरु दिनदिनै बढिरहेका छन् । आइतबार मात्रै सिम्ता गाउँपालिका वडा नं. ६ राकम निवासी हाल अष्ट्रेलियामा रहनुुभएका नवराज सिंह ठकुरीले विश्व भरी फैलिएको कोरोना कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि र प्रभावितहरूलाई राहत हुने गरी सिम्ता गाउंँपालिकालाई ५० हजार रुपैयाँ पठाउनुभएको छ ।
सिंहले पठाएको उक्त रकम सिम्ता गाउंँपालिकाको राहत कोषमा जम्मा हुने गरी उहाँका सिम्तामा रहेका आफ्ना आफन्त ससुरा काली बहादुर मल्ल र साला सुन्दर मल्लले गाउंँपालिकालाई चेक हस्तान्तरण गर्नुभएको छ । सिम्ता गाउँपालिकाले कोरोना विपद् राहत कोष खडा गरेपछि एकपछि अर्को गर्दै राहत स्वरुप सहयोगी मनहरु बढिरहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुुभएको छ । सहयोगी दाताहरूले दिएको उक्त रकम पार्दशी ढंगबाट सदुपयोग हुने जनाएको छ । विभिन्न निकायले दिएको उक्त राहत रकम तथा खाद्यान्न गाउँपालिकाले न्यायोचित तवरले वितरण हुने जनाइएको छ ।
युग संवाददाता । । २१ बैशाख २०७७, आईतवार १४:१६