खाँडाचक्रमा सत्र सय भन्दाबढी राहत वितरण

तुलराज पाण्डे
कालिकोट, २० बैशाख ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले अतिबिपन्न र बिपन्न घरधुरीलाई राहत वितरण गरेको छ । वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका १७४० घरधुरीलाई खाद्यान्न वितरण गरिएको नगर प्रमुख जसी प्रसाद पाण्डेले बताए ।  विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण मजदुरहरुलाई समस्या भएको भन्दै नगर प्रमुख पाण्डेले राहत स्वरुप खाद्यान्न बितरण गरेको बताए ।

खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का ९२ बर्षका ज्यामे कामीले भन आफ्नो साँझ र विहान छाक टार्न पनि समस्या भएको बताए । नेपाल सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताले अहिलेसम्म जिबिकोपार्जन गर्दै आएको आफ्नो दुखेसो पोखे । लकडाउनको समय अवधि लम्बिएसँगै उनको मनमा अनेक कुरा खेल्न थालेका छन् । उनले भने, ‘यसरी नै लकडाउन थपिँदै गयो भने हामी त भोक भोकै मर्छै नगरपालिकाले दिएको राहत केही दिनका लागि पुगे पनि काम गर्न नपाउँदा हामी सधैँ भोकमरीको चपेटामा उर्ने छौँ ।’


खाँडाचक्र नगरपालिकाभित्र बसोवास गर्ने सत्र सय चालिस जनालाई राहत वितरण गरेको हो । विश्वमाहामरीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल सरकारले लकडाउन सुरु गरेसँगै भोकमरीले समस्यामा परेका अतिविपन्न र बिपन्न घरधुरीलाई खाँडाचक्र नगरपालिका स्थानीय सरकारले राहत स्वरूप केही खाद्यान्नका सामग्रीहरु वितरण गरेको छ ।

नगरपालिकाकामा रहेका अति बिपन्न जम्मा ३८५ घरलाई प्रत्येक घरधुरीमा ३० किलो चामल, २ किलो दाल, २ प्याकेट नुन र १ लिटर तेल उपलब्ध गराएको छ भने बिपन्न जम्मा १३५५ घरलाई २० किलो चामल, २ किलो दाल, २ पाकेट नुन र १ लिटर तेल उपलव्ध गराइएको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार