चाैधरी नालामा मृत भेटिए

सुर्खेत, १९ बैशाख ।
वीरेन्द्रनगर वडा नं. ३ सिस्नेरी नालाको भित्तामा सटेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शुक्रबार  दिउँसो ४ः०० बजेतिर शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरिक्षक गोपाल रायमाझीका अनुसार वीरेन्द्रनगर–२ बस्ने ५० बर्षिय टेक बहादुर चौधरीको शव नालामा फेला परेको हो ।

घटनास्थलको नजिकै सल्फास, मच्छेड मार्ने स्प्रेको बोतल भेटिएको जनाइएको छ । प्रहरी निरिक्षक रायमाझीका अनुसार घटनाको अनुसन्धान कार्य जारी रहेको छ भने विस्तृत विवरण शव पोष्टमार्टम रिपोर्ट र घटनाको अनुसन्धानबाट जानकारी हुने बताइएको छ । चौधरीको शव पोष्टमाटमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

तपाईको प्रतिक्रिया