वातावरण सहकारीद्वारा ४० हजार सहयोग

दुर्गा विसि
सल्यान (सल्लीबजार), १९  बैशाख ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकालाई काेराेना भाइरस नियन्त्रण स्वरुप वातावरण बहुउद्देश्यीय सहकारी सेवा केन्द्र सल्लिवजारले ४० हजार सहयोग गरेको छ ।काेभिड-१९ विरुद्ध नगरपालिकासँग सहकारी गरि अघि वढ्ने उदेश्यका साथ वातावरणले उक्त चेक हस्तान्तरण गरेको छ ।वातावरण बहुउद्देश्यीय सहकारी देवस्थल सेवा केन्द्रकि संयोजक रिता वलीले नगर उप प्रमुख मञ्जु यरिलाइ उक्त चेक हस्तान्तरण गर्नु भएको छ ।

महामारी विरुद्ध सबै जुटनका लागि नगरसँग एकद्वार प्रर्णालीअनुसार हातेमालो गरेरै अघि वढ्ने वातावरण सेवा केन्द्र प्रमुख ठुम्रा कुमारी गिरिले जानकारी दिनु भएको छ । प्रकोप विपत व्यवस्थापन राहत काेषकाे लागि चेक बुझ्दै उप प्रमुख यरिले नगरभित्र र वाहिरका जति पनि निकाय स‌घ संस्थाले गरेको राहत सहयोग पुर्न रुपमा सद्पयाेग हुने जनाउनु भएको छ ।सबै सहयोगि मनहरुलाइ काेराेना विरुद्ध जुटनका लागि एक हुन सबैलाई जहाँ जसरि वसेर हुन्छ सहयोग गर्न उहाले अपिल गर्नु भएको छ ।

काेराेनामा नगरले मात्रै केही गर्न सक्दैन त्यसैले यसमा साझा भुमिकाकाे खाँचो अावश्यक रहेको कुरा जनाएकाे छ । नगरकाे विपत काेषमा केहि दिन अगाडि उद्योग वाणिज्य संघ सल्यानले १५ हजार सहयोग गरेकाे थियोे भने दोस्रोमा वातावरण बहुउद्देश्यीय सहकारीसँगै अन्य सहयोगी दाताहरु वढ्ने क्रम जारि रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया