नेकपा सिम्ताका वडा कमिटी राहत संकलनमा

दुर्गा विसी
सुर्खेत (सिम्ता), १९ बैशाख ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सिम्ताका विभिन्न वडाहरुमा वडा कमिटीले धमाधम राहत संकलनमा जुटेका छन् । नेकपा सिम्ता गाउँपालिकाले सुर्खेत वडा नं.७ ले ३७ कठ्ठा चामल, ३५ लिटर तेल र नुन ३५ केजी वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

नेकपा सिम्ता वडा ७ ले उक्त राहत रकम हस्तान्तरण गरेलगत्तै वडा कार्यालयले उक्त खाद्यान्न वितरण गरेको जनाएको छ । कोरोना भाइरस कोभिड–१९ को कारणले लामो समय देखि २ महिना यता लकडाउनका कारण अतिविपन्न परिवारलाई राहात वितरणका लागि आवश्यक राहत सामग्री प्रदान गरेको छ ।

महामारीबाट बच्नका लागि लकडाउनको पालना गरेका तर गाँसबाट ग्रसित भएका परिवारलाई राहतको लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा सिम्ता–७ काप्रिचौर वडा कमिटीले ७ नं. वडा कार्यालयलाई ३७ कठ्ठा चामल,३५ केजी नुन र ३५ लिटर तेल हस्तान्तरण गरेको वडा कार्यालयले विपन्न परिवारलाई हस्तान्तरण गरेको जनाइएको छ ।
खाद्यान्न सबैबाट स्वेच्छिक संकलन रकमबाट गरि खरिद गरिएको र सरकारको नियम अनुसार राहत वितरण एकद्वार प्रणाली अनुसार वितरण गरिने भएकोले वडा कार्यालयलाई राहत सामग्री हस्तान्तरण गरिएको चन्द्र प्रकाश थापाले जानकारी दिनुभएको छ । वितरण कार्यक्रम वडा कार्यालयको आँगनमा भएको थियो । चुलो बल्ल समस्या भएको घरपरिवारले खाद्यान्न पाए पछि खुशी हुँदै घर फर्केका थिए । सिम्ता वडा–७ काप्रिचौर निवासी राधिका परियारले ३ जनाको परिवारलाई ३० दिनको दिइएको छ । त्यसैगरी केही दिन अघि वडा नं. ४ र ६ ले पनि राहत वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया