राउटे समुदायलाई राहत वितरण

सुर्खेत, १९ बैशाख ।
भेरीगंगा नगरपालिकाको सहत्तरीको जंगलमा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ । लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा यहाँका ४६ घर राउटे समुदायलाई राहत वितरण गरिएको हो ।

प्रतिघर ३० केजीको चामल, पाँच लिटर तेल र एक सय ५० वटा माक्स वितरण गरिएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले जानकारी दिइन् । राहत पाएपछि राउटे समुदाय खुसी भएका छन् । लकडाउनले गर्दा उनीहरूले बनाएका काठमा सामग्री घरमै थन्किएपछि खाद्यान्न अभाव भएको थियो ।

तपाईको प्रतिक्रिया