कर छुट र बैंक व्याज मिनाहाको माग

सुर्खेत, १८ बैशाख ।
कोरोना भाईरस रोकथामको लागी सरकारले गरेको बन्दाबन्दी कारण सम्पुर्ण व्यवसायी धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्क र बैंकहरुले लिने व्याजमा छुट गर्न माग गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ नेतृत्वले विभिन्न आठ बुद्धे माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालयलाई मापत्र बुझाएको छ । संघको नेतृत्वले प्रमुख जिल्ला अघिकारीमार्फत मागपत्र बुझाँउदै बन्दाबन्दी अवधी भरको ब्याज पुर्णरुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ ।

संघले बन्दाबन्दीले पारेको प्रभावबारे विस्तृत अध्ययन तथा राहत एवम सहयोगको प्याकेज निर्धारण गर्न निजिक्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ । यस्तै यो अवधिमा बन्द रहेका उधोग प्रतिष्ठानहरुलाई नगद अनुदान तथा बन्दाबन्दीको अवस्थासम्मको लागि श्रमित, कर्मचारीको तलब भुक्तानीका लागी पचास प्रतिशत आर्थिक अनुदान दिन सरकारसंग माग गरेका छन् ।


मागपत्रमा कृषि, उर्जा, पर्यटन, र पुर्वाधार विकास लगायतका क्षेत्रलाई प्रथामिकता दिनुपर्ने भन्दै बन्दाबन्दी हटेको छ महिना पछि मात्र कर बुझाउर्न व्यस्था मिलाउनु पर्ने भनिएको छ । संघका अध्यक्ष धनवहादुर रावत र महासचिव लक्ष्म कंडेलद्धारा हस्ताक्षर मागपत्रमा घरधनिलाई मार नपर्ने गरेर घरभाडा मिनाहाका लागी नीतिगत निर्णय लिनुपर्ने माग गरिएको छ ।

संघले व्यवासींहरुको समस्या समधानको लागी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत ध्यानआकर्षण गराएको छ । संघका महासचिव कंडेलले साना खुद्रा व्यापारी देखी सबै व्यवसायी नै धरासयी अवस्थामा पुगेको भन्दै राज्यको ध्यानयसर्तफ जानुपर्ने उल्लेख गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार