बनगाड कुपिण्डेमा खाेप सेवा सुचारु

 दुर्गा विसि/सल्यान, (सल्लिबजार), १८ बैशाख । सल्यान पश्चिममा काेराेना त्रासका कारण अवरुद्ध खाेप सेवा सुचारू भएको छ ।नगरका १२ वटै वडाका स्वास्थ्य संस्थाहरुमा नियमित खाेप सेवा सुचारु गर्न स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले निर्देश तथा जानकारी गराएको वताउनु भएको ।

काेराेना नियन्त्रण स्वरुप महामारी फैलिने सम्भावना वढे पछि सबै खाेप सेवा बन्द गरिएको थियोे । तर पछिल्लो समयमा नियमित १६ देखि २० सम्म चल्ने खाेप सेवा सुरुवात भएको पोख्रेलको भनाइ छ । १६ गते देखि नगरका वडाका खाेप केन्द्रहरुमा खाेप लगाउने काम चलिरहेको वताएकाे छ । साथै दादुरा रुवेला खाेप पनि धेरै स्थानमा लगाएइ सकिएको र बाँकी १० प्रतिशत लगाउन बाँकी खाेप पनि सुचारू गर्ने जनाएको छ ।


खाेप लगाउदा भौतिक दुरि कायम,मास्क,गुल्व,सेन्टराइज प्रयोग गर्ने गरिएको छ भने कहि कतै खाेप केन्द्रमा संकास्पद विरामि भेटिए सजगता अपनाएर मात्रै कार्यस्थलमा काम गर्न स्वास्थ्य कर्मिलाइ विशेष अनुराेध समेत गरिएको पाइएको छ । १ महिना अवरुद्ध खाेप सेवा सञ्चालनमा अाएको छ । काेराेना भाइरस नियन्त्रणका लागि सहज हुने भन्दै नगरका सबै स्वास्थ्य संस्थाहरुमा खाेप सेवा बन्द गरिएको सुचना प्रकाशन गरिएको थियोे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार