वातावरण बहुउद्देश्यीय सहकारीको १४ लाख सहयोग

सुर्खेत, १८ वैशाख ।
वीरेन्द्रनगरमा रहेको वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना रोकथाममा आर्थिक सहयोग गरेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि कर्णाली प्रदेश सरकार र कर्णाली प्रदेशका विभिन्न स्थानीय तहलाई गरी १४ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

संस्थाले कर्णाली प्रदेश सरकारको राहत कोषमा पाँच लाख र कर्णाली प्रदेश अन्तर्गत संस्थाको कार्यक्षेत्रभित्र पर्ने सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लाका २३ वटा स्थानीय तहलाई नौ लाख गरी जम्मा १४ लाख रुपैयाँ सहयोग गरेको हो ।

नेपाल सरकारको कोरोना भाइरसको संक्रमण रोकथाम तथा राहत वितरण अभियानमा सहयोग पुग्नेगरी बुधवार संस्थाको केन्द्रीय कार्यालयमार्फत कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई तथा विभिन्न १२ वटा शाखामार्फत स्थानीय तहहरुलाई उक्त रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यले जानकारी दिए ।


कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष चन्द्रलाल आचार्य र सचिव राधाकुमारी ढकालले दिन प्रतिदिन नेपालमा पनि संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकाले समुदायप्रतिको संस्थागत चासोलाई समेत ध्यानमा राख्दै नेपाल सरकारलाई सबै किसिमको सहयोग गर्न तत्पर भएर सहयोग रकम प्रदान गरेको बताए ।

संस्थाले बुधवार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र सहकारी मन्त्री विमला केसीमार्फत कर्णाली प्रदेश सरकारलाई पाँच लाख रुपैयाँ तथा वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालमार्फत वीरेन्द्रनगर नगरपालिकालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार