खाँडाचक्रमा राहत वितरण

तुलराज पाण्डे
कालिकोट, १७ बैशाख ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा–४ ताडिकी सुर्जा बिकले राहत सामग्री बुझिन् उक्त सामाग्री बुझेसँगै उनले आफ्नो पीडा सुनाईन् । म अहिले २४ बर्षको उमेर भयो मेरो कलिलै उमेरमा ‘श्रीमानको मृत्यु भएको १ वर्ष पुग्यो, अहिले लकडाउन देशमा भएपछि मेरा सन्तान रुपमा दुई छोरा छन् लकडाउन भएसंगै अवस्था जटिल रहेको छ लकडाउनले काम गर्ने वातावरण छैन, वडा पालिकाले दिएको राहतले केही दिन त पेट भर्न पुग्ला, तर पछिल्ला दिनमा के होला’ उनले भनिन् ।

खाँडाचक्र–४ निवासी ज्यामे कामी ९२ वर्षका भएकाछन् । उनको सहाराको रूपमा रहेको एउटा लठ्ठी टेक्दै राहत वितरण गर्ने स्थानसम्म आई पुग्गे। उनका सन्तान तिन छोरा को बाउ भएपनि छुट्टिएर अलग्ग बसेका छन् उनले राहत सामग्री पनि पाए । तर, लकडाउनको समय अवधि लम्बीएसँगै उनको मनमा अनेक कुरा खेल्न थालेका छन् । उनले भने, ‘यसरी नै लकडाउन थपिँदै गयो भने हामी त भोक भोकै मर्छौँ वडापालिकाले दिएको राहत केही दिनका लागि पुगे पनि काम गर्न नपाउँदा हामी सधैँ भोकमरीको चपेटामा छट्पट्टीमा छौँ’ उनले अहिलेसम्म सरकारले दिएको सामाजिक सुरक्षा भत्ता दिएर अहिलेसम्म छाक्क टार्न सहज भएको आफ्नो पिडा सुनाए ।

खाँडाचक्र नगरपालिका–४ ले आफ्नो वडाभित्र बसोवास गर्ने २ सय १२ जनालाई राहत वितरण गरेको हो । विश्वमहामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण सरकारले लकडाउन सुरु गरेसँगै भोकमरीले समस्यामा परेका अति विपन्न र विपन्न घरपरिवारका सदस्यहरुलाई वडा सरकारले राहत स्वरूप केही खाद्यान्नका सामग्रीहरु वितरण गरिएको वडाअध्यक्ष धनसिगे विश्वकर्माले बताए । उक्त वडामा रहेका ७७ प्रत्येक घरधुरीलाई ३० किलो चामल, २ किलो दाल, २ प्याकेट नुन र १ लिटर तेल र १३५ बिपन्न घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, २ पाकेट नुन र १ लिटर तेल उपलव्ध गराइएको वडा सचिव आरती न्यौपानेले बताईन ।

तपाईको प्रतिक्रिया