कर्णालीमा पुनः सुचारु भयो कोरोना परीक्षण

सुर्खेत, १७ बैशाख ।
कर्णालीमा रोकिएको कोरोनाको परीक्षण पुनः सुचारु भएको छ । केही दिनदेखि रोकिएको कोरोनाको नमूना परीक्षण मंगलबारदेखि पुनः सुचारु भएको हो । नमूना संकलन नहुनु र प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीहरु हालै ल्याइएको ठूलो मेसिन जडानमा व्यस्त हुँदा बैशाख गतेदेखि पीसीआर परीक्षण रोकिएको थियो ।

बैशाख १० गतेदेखि नै नमूना परीक्षणमा समस्या आएको थियो । प्रयोगशालामा खटिने स्वास्थ्यकर्मीहरु ठूलो मेसिन जडानमा खटिएपछि परीक्षण १० गते तीन जना र ११ गते तीन जनाको मात्रै नमूना परीक्षण गरिएको थियो प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाका संयोजक ओम आचार्यकाअनुसार ठूलो मेसिन सञ्चालनमा आएपछि नमूना परीक्षणमा सहज भएको बताए ।

‘सानो मेसिनबाट एकदिनमा १० देखि १५ वटा मात्रै नमूना परीक्षण गर्न सकेका थियौँ’ आचार्यले भने ‘ठूला  मेसिनबाट एकै पटक ९६ जनाको परीक्षण गर्न सकिन्छ तर जनशक्त अभाव हुँदा पहिलो चरणमा २२ जनाको मात्रै परीक्षण गर्न सफल भयौँ ।’ ठूलो क्षमताको मेसिन सञ्चालनमा आएसँगै नमूना परीक्षणका लागि बाह्य जिल्लाको सहयोग लिनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । यद्यपी पुनः परीक्षणका लागि भने नेपालगञ्ज वा काठमाण्डौ पठाउनुपर्नेछ ।

‘कोरोना भए÷नभएको ढुक्क हुनको लागि क्रसचेक राम्रो हुन्छ’ उनी भन्छन्, ‘नतिजामा ठुक्क हुनका लागि कसैको पोजेटिभ नतिजा आएको खण्डमा काठमाडौं वा नेपालगञ्ज जानुपर्छ ।’ यद्यपी काठममाडौं, नेपालगञ्ज र सुर्खेतको मेसिनको क्षमता एउटै भएका कारण नजितामा शंका नहुने उनको तर्क छ । कर्णाली प्रदेशमा हालसम्म दुई सय ३२ जनाको मात्रै पीसीआर प्रविधिबाट कोरोनाको नमूना परीक्षण गरिएको प्रयोगशाला संयोजक ओम आचार्यले जनाए । उनका अनुसार बैशाख १२ गतेसम्म दुई सय १० र मंगलबार २२ जना गरी जम्मा एकसय ३२ जनाको मात्रै नमूना परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म पाँच हजार एकसय ७९ जनामा ¥यापिड टेष्ट गरिएको छ । जसमध्ये दैलेखमा ६ सय ५३, डोल्पामा ६४, हुम्लामा एकसय ४५, जाजरकोटमा तीनसय २९, जुम्लामा एकसय ५४, कालिकोटमा तीनसय ९१ जनाको ¥यापिड टेष्ट गरिएको छ । त्यस्तै मुगुमा दुई सय ८२, रुकुमपश्चिममा आठसय ७५, सल्यानमा आठसय ७५, र सुर्खेतमा १४ सय १० जना गरी कुल पाँचहजार ७९ जनाको ¥यापिड टेष्ट गरिएको छ । जिल्लामा किट अभाव भएका कारण परीक्षणमा पनि समस्या आएको हो । किट नहुँदा जिल्लामा परीक्षण नै रोकिएको छ ।

मेसिन जोड्नै एकसाता
कोरोनाको नमूना परीक्षणको दायर बढाउनुपर्ने भन्दै प्रदेश सरकारले बैशाख १० गते प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन सुर्खेतमा झा¥यो । ठूलो क्षमताको मेसिन आएपछि स्वास्थ्यकर्मीहरु हौसिएर मेसिन जडानमा जुटे । तर विडम्बना कर्णाली प्रदेशमा मेसिनलाई चाहिने पूर्वाधार भएको प्रयोगशालाको अभाव भयो ।


प्रयोगशाला प्रदेश अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयसँग ठूलो क्षमताको प्रयोगशाला कक्ष नभएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशु अन्वेशन प्रयोगशालामा जडानमा जुट्यो । त्यो ठाउँमा मेसिन जडान गर्न स्वास्थ्यकर्मीलाई हप्तादिन नै कुर्नुप¥यो । बैशाख १० गतेदेखि नै जडानमा खटिएको टोलीले १५ गतेमात्रै मेसिन जडानको काम सकेको हो । करिव हप्तादिन लगाएर जडान गरेको ठूलो क्षमताको मेसिनले मंगलबारबाट मात्रै परीक्षण सुरु भएको छ ।

किट नहुँदा समस्या
कर्णाली प्रदेशमा अहिले एउटा सानो र दुई वटा ठूला गरी तीन वटा पीसीआर मेसिन छन् । कोरोनाको महामारी आएको खण्डमा सानो मेसिनले नमूना परीक्षणको भारलाई थेग्न नसक्ने भन्दै बैशाख १० गते ठूलो क्षमताका दुई वटा मेसिनहरु ल्याइएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाले चीन र प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन खरिद गरेका छन् । तर नमूना संकलन गर्ने किटको अभावमा जुम्लामा रहेको पीसीआर मेसिन सञ्चालन हुन सकेको छैन । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार जुम्लामा रियजन र भिटीएम किट छ । तर एक्सटेन्सन किट नहुँदा नमूना संकलन र परीक्षण गर्न सकिएको छैन ।

आठ हजार नागरिक गाउँ पुग
कोरोनाको त्रासकाबीच कर्णाली प्रदेश सरकारले आठ हजारभन्दा बढी नागरिकलाई गाउँ पु¥याएको छ । प्रहरीको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा २५ सय ५९ जना, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको गृहजिल्ला जुम्लामा एक हजार तीन सय २९ जना गाउँ पुगेका छन् ।

त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको गृहजिल्ला डोल्पामा ६ सय ५५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको जिल्ला रुकुमपश्चिममा दुई सय ६७, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको गृहजिल्ला सल्यानका एक सय ९७ जना बबई नाका हुँदै भित्रिएका छन् ।

त्यस्तै सुर्खेतमा आठ सय ८६, दैलेखमा नौ सय तीन, जाजरकोटमा सात सय ३८ र मुगुका पाँच सय १७ जना गरी कुल आठ हजार एक सय ६० जना नागरिकहरु गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए । (२०७७ बैशाख १७ गते युगअाव्हान दैनिकमा छापिएकाे)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार