घरघरमा साबुन बाँड्दै अध्यक्ष बम

तुलराज पाण्डे
कालिकोट, १७ बैशाख ।

जिल्लाको पलाँता गाउँपालिकाले गाउँपालिकामा रहेका नागरिकलाई घरघरमा गएर सावुन वितरण गर्दै आइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बच्नका लागि सरसफाईका सामाग्री गाउँपालिकाले वितरण गर्दै आएको छ ।

पलाँता गाउँपालिकाको वडा नं. १ बाट सरसफाईका लागि सावुन वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती कान्छाले बताए । उनका अनुसार प्रत्येक घरधुरीमा ६ पिस नुहाउने सावुन र २ पिस लुगाधुने सावुन वितरण सुरु गरिएको छ ।

पलाँता गाउँपालिकाका नागरिकलाई सरसफाईमा कमी हुन नदिनका लागि गाउँपालिकाले सावुन वितरणलाई तिव्रता दिएको छ । कोरोना भाईरसबाट बच्नका लागि जनचेतना सहित सावुन वितरणमा आफुहरु लागि परेको अध्यक्ष बमले बताए । उनले भने ‘आफु नागरिकको सेवामा लागेकाले नागरिकलाई आवश्यक पर्ने कुनै पनि सामाग्रीको कमि हुन दिदैन, म जनताको सेवक हौं ।’

तपाईको प्रतिक्रिया