डोल्पामा जहाजमा पुरयाइयो ओखरका विरुवा

रामचन्द्र न्यौपाने
डोल्पा, १७ बैशाख
हिमाली जिल्ला डोल्पामा जहाजमा दाँते ओखरका बिरुवा ढुवानी गरिएको छ । बुधबार बिहान तारा एयरको जहाजमा चार्टर गरेर उन्नत जातका दाँते ओखरका बिरुवा जुफाल विमानस्थल पुरयाइएको छ । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नेपाली एजेन्ट मार्फत टर्की बाट उन्नत जातका पन्ध्र हजार बिरुवा खरिद गरेर नेपाल पु¥याइएको हो ।

सबै बिरुवा टर्कीबाट खरिद गरेर पानी जहाजमा नेपाल ल्याईएको र नेपालगन्जबाट जहाजमा चार्टर गरेर डोल्पा पुर्याईएको कृषि विकास कार्यालयका प्रमुख भिम बहादुर धरालाले जानकारी दिए । जुफाल विमानस्थलमा हावा बडेकाले अझै एक चार्टर बिरुवा नेपालगन्जमै थन्किएकाले भोली पनि जहाजमै ढुवानी गरिने बताइएको छ । कृषि विकास कार्यालयले ल्याउन लाई पहल गरे पनि कार्यालयको रकम खर्च नगरेको धरलाले बताए ।

कृषकको माग अनुसार विभिन्न आयोजनाको रकम खर्च गरेर बिरुवा झिकाइएकाले सबै बिरुवा बागवानी कार्यालय जुफालबाट बितरण गरिने कृषि विकास कार्यालयले जनाएको छ । एउटा विरुवा डोल्पासम्म पुर्याउन सात सय पचास खर्च भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया