सुर्खेत, १७ बैशाख ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा एक महिलाले क्वारेन्टाइनमा नै बच्चा जन्माएकी छन् । पञ्चपुरी नगरपालिकाले सञ्चालनमा ल्याएको विद्यापुर क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेकी कमला नेपालीले छोरा जन्माएकी हुन् । नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाकाअनुसार नेपालीले क्वारेन्टानइनमा बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लागेपछि सालकोट स्वास्थ्य चौकी लगिएको थियो ।
उनले त्यही छोरा जन्माएकी हुन् । बच्चाको तौल तीन किलोग्राम रहेको छ । उनले भने, ‘आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ ।’ लकडाउनका बेला नै कमला र उनका श्रीमान् चितवनबाट सुर्खेतको पञ्चपुरी नगरपालिका–६ छाप्रेमा रहेको घरमा आएका थिए । जिल्ला बाहिरबाट आएका कारणले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।
युग संवाददाता । । १७ बैशाख २०७७, बुधबार ०७:५१