नेकपाको सचिवायल बैठक बुधबार

काठमाडौं, १६ बैशाख ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार साँझ बोलाइएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सचिवालय बैठक बोलाएका हुन् । प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, साँझ पाँच बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो ।

अध्यादेश प्रकरण पछाडि अध्यक्ष दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल सहित सचिवालयका बहुमत सदस्यले सचिवालय र स्थायी कमिटी बैठक माग गर्दै आएका छन् । प्रधानमन्त्री ओली निकटका नेताहरुले नेता नेपाल निकट नेताहरुसँग सोमबार गरेको वार्तामा मंगलबार नै सचिवालय बोलाउने सहमति गरेका थिए ।

तपाईको प्रतिक्रिया