सय भन्दाबढी घरधुरीमा राहत वितरण

तुलराज पाण्डे
कालिकोट, १६ बैशाख ।
कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा–३ ताडिकी बुची पाण्डेले राहत सामाग्री बुझिन् उक्त सामाग्री बुझेसँगै उनले आफ्नो पिडा सुनाईन् । ‘श्रीमानको मृत्यु भएको २५ बर्ष पुग्यो, अहिले लकडाउन देशमा भएपछि मेरा सन्तान एक छोरा, बुहारी र दुई नातिनी भएपनि अबस्था जटिल बनेको छ, लकडाउनले काम गर्ने वातावरण छैन, वडा पालिकाले दिएको राहतले केही दिनत पेट भर्नपुग्ला, तर पछिल्ला दिनमा के होला’ उनले भनिन् ।

उनको पिडा मात्रै नभई खाँडाचक्र–३ निवासी जयमनी पाण्डे ३५ वर्षका भएका छन् । उनको दैनिकी काम गरेर दैनिक बित्दै गरेको थियो नेपालमा विश्व महामरी कोरोना भाईरस (कोभिड–१९) ले जयमनी पाण्डेले भन्ने काम गरेर साँझ र बिहान छाक टार्न सजिलो भएको थियो । उनले राहत सामग्री पनि पाए । तर, लकडाउनको समय अवधि लम्बिएसँगै उनको मनमा अनेक कुरा खेल्न थालेका छन् । उनले भने, ‘यसरी नै लकडाउन थपिँदै गयो भने हामी त भोक भोकै मर्छै वडापालिकाले दिएको राहत केही दिनका लागि पुगेपनि काम गर्न नपाउँदा हामी सँधै भोकमरीको चपेटामा पर्ने छौँ ।’


खाँडाचक्र नगरपालिका–३ ले आफ्नो वडाभित्र बसोवास गर्ने एक सय जनालाई राहत वितरण गरेको हो । कोरोना भाइरसारण सरकारले लकडाउन सुरु गरेसँगै भोकमरीले समस्यामा परेका अति विपन्न घरपरिवारका सदस्यहरुलाई वडा सरकारले राहत स्वरूप केही खाद्यान्नका सामग्रीहरु वितरण गरिएको छ । उक्त वडामा रहेका अतिबिपन्न ३० घरधुरीलाई प्रत्येक घरधुरीमा ३० किलो चामल, २ किलो दाल, २ प्याकेट नुन र १ लिटर तेल उपलब्ध गराएको वडा ३ का वडाध्यक्ष महाविर पाण्डेले बताए । वडा सचिव सगुन्तला पाण्डेका अनुसार मध्यम विपन्न ७० घरपरिवारलाई २० किलो चामल, २ किलो दाल, २ पाकेट नुन र १ लिटर तेल उपलव्ध गराइएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार