रानाद्वारा स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत, १६ बैशाख ।
स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्षद्वारा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । चिङगाड गाउँपालिलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष अमर रानाले कोरोना रोकथाम स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद देवकोटालाई कोभिड–१९ का विरुद्ध आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको संघका जिल्ला कार्यसमिति सदस्य शन्तोष वुढाले जानकारी दिनुभएको छ ।

अध्यक्ष रानाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अतिआवश्यक सेन्टरिराइज, सर्जिकल मास्क, पिपिइ सेट, गुलोप लगायतका ५० हजार बढीको औषधी गाउँपालिकालाई सहयोग गरिएको जनाएको छ । उक्त सहयोगका निम्ति गाउँपालिकाले स्वास्थ्यकर्मी संघका अध्यक्ष रानालाई धन्यवाद दिइएको बताएको छ ।

 

तपाईको प्रतिक्रिया