कर्णालीमै रहेर सेवा गर्न पाए हुन्थ्यो

फिजिसियन डाक्टर केएन पौडेल प्रदेश अस्पताल सुर्खेतको मेडिसियन विभागका प्रमुख हुन् । बुवा स्व.टंकनाथ र आमा कमला लक्ष्मी पौडेलबाट २०३९ सालमा पहिलो सन्ताका रुपमा उनको जन्म भएको हो । जन्मस्थान अर्घाखाँचीको खिदिममा भएपनि उनले कर्मथलो भने सुर्खेतलाई बनाएका छन् । विगत पाँच वर्षदेखि सुर्खेतमा रहेर विरामीको सेवा गरिरहेको डाक्टर पौडेलले आफ्नो जीवन भोगाइ र पेशाप्रतिका अनुभवहरु यसरी साँटे । प्रस्तुत छ, कुराकानीको शारासं :

पढाइमा अब्बल
जन्मस्थान अर्घाखाँची भएपनि औपचारिक शिक्षा काठमाडौंबाट लिएँ । माध्यमिक तह सम्मको पढाइ काठमाडौंको मैतीदेवी स्कूलमा पुरा गरेँ । पढाइमा सधै रुचि राख्थेँ । जसका कारण पढाइमा कहिले पनि असफल हुनु परेन ।असनबाटै २०५६ सालमा एलएलसी उत्तिर्ण गरेँ । पढाइमा अब्बल भएकै कारण साइन्स विषयमा उच्च शिक्षा गर्ने योजनाका साथ अमृत साइन्स कलेजमा भर्ना भएँ ।सन् २००० मा आईएसी पुराभयो । आईएसीपछि वुवा आमाको चाहना अनुसार डाक्टर पढ्ने लक्ष्य लिएँ । भाग्यवस शिक्षा मन्त्रालयको छात्रबृद्धिमा एमवीवीएस अध्ययन गर्ने अवसर पाएँ । कलेज अफ मेडिकल साइन्स चितवनबाट २००७ मा एमवीवीएस पुरा गरेँ । छात्रबृत्तिमा पढेका कारण एमवीवीएस सकिने वित्तिकै जिल्ला अस्पताल पाल्पामा र पाल्पाकै खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा अवधि पुरा गरँे । दुई वर्षपछि पुनः पढाइलाई निरन्तरता दिएँ । वीपी कोइराला इन्ष्टिच्यूट अफ हेल्थ साइन्स धरानबाट एमडी गरेँ । भाग्यवस छात्रबृत्तिमै एमडी पढ्ने अवसर पाएँ । रुची र मेहनतले पढाइमा असफलता व्यहोर्नु परेको परेन ।

विरामी निको हुनु डाक्टरको खुशी
एमडी सकेपछि साढे एक वर्ष (सीएमसी) चितवन मेडिकल कलेज भरतपुर चितवनमा काम गरेँ । तर त्यहाँ बस्ने रुचि भएन । जागिरको दौरानमा साथीको सल्लाह अनुसार सुर्खेत आएँ । तत्कालिन मध्यपश्चिम क्षेत्रिय अस्पतालमा हुँदा केही समय भोलेन्टियर रुपमा विरामीको सेवा गरेँ । सुरुको दुई वर्षमा मध्ये केही समय अस्पताल विकास समिति र बाँकी समय मन्त्रालयबाट करार सेवामै काम गरेँ । २०७४ साल भदौ २८ गतेदेखि स्थायी सेवामा प्रदेश अस्पतालमा कार्यरत छु ।स्यायी भएपछि म अनेत्र पनि खटिन सक्थे । तर सुर्खेतको मायाले मलाई यही डोरयायो । किनकी जीवनमा युवा (उर्जाशिल)समय मैले सुर्खेतमा विताएँ ।मेरो योगदानकै कारण कर्णालीका विरामीहरुले मलाई विश्वास गर्नुहुन्छ ।
यहाँको समाज र विरामीहरुले गर्ने मायाका कारण कर्णाली छोड्नु नपरोस भन्ने लाग्छ ।तर जीवनमा अझ थेरै काम गर्न बाँकी छ ।विशेषज्ञ डाक्टर बन्ने सपना पुरा गर्नुछ । त्यतिन्जेलसम्म यहाँको अस्पताल सुविधा सम्पन्न भएदिए मैले सुर्खेत कर्णाली छोड्नु पर्ने छैन । तरमुटु वा कलेजो विशेषज्ञको पढाइ पुरा गरेपछिविरामीलाई उपचार गर्ने औषधि उपकरहरु पनि चाहिन्छ । पढाइ अनुसार विरामीको उपचार गर्न पाइन भने सुर्खेत छोड्नुपर्ने बाध्यता आउँछ । हरेक स्वास्थ्यकर्मीको सरकारसँग एउटै चाहना भनेको सरकारी स्वास्थ्य संस्थाहरु राम्रो होु् भन्ने हो । डाक्टरलाई विश्वासगरेर आएको विरामी जतिबेला निको हुन्छ, त्यो नै डाक्टरका लागि सबैभन्दा खुशीको क्षण हो । तसर्थ डाक्टरलाई सकेसम्म विरामीलाई रिफर गर्न नपरोस भन्ने लाग्छ ।

पस्केको खाना छोडेर विरामीको हेरचाह
डाक्टर पेशा २४ घण्टे पेशा हो । कतिबेला कस्तो विरामी आउँछ भन्न सकिँदैन । इमरजेन्सि कक्षमाजटिल किसिमको विरामी आएको खण्डमा डाक्टरले पस्केको खाना छोडेर विरामी बचाउन खटिनुपर्छ । मध्यरात किन नहोस्,डाक्टरले मलाई निद्रा लागेको छ भन्न पाउँदैन ।यस हिसावले एउटा डाक्टरका लागि व्यक्तिगत जीवन भन्ने नै हुँदैन । अध्ययन गर्दा पनि ठूलो धनराशी खर्चिएको हुन्छ । प्राय विद्यार्थीले लाखौं ऋणको भारी बोकेर डाक्टरी कोर्ष अध्ययन गरेका हुन्छन् ।पेशा पनि अरुको भन्दा फरक छ । मृत्युको मुखमा पुगेको व्यक्तिलाई बचाउन सामान्य कुरा होइन । यस हिसावले स्वास्थ्यकर्मी र अन्य क्षेत्रमा रहेर राष्ट्रको सेवामा खटिने भूमिका फरक छ । यही कारण स्वास्थ्यकर्मी र अन्य पेशालाई राज्यले एउटै तराजुमा नराखेको भए हुन्थ्यो भन्ने हो । तर अन्य पेशाको अधिकृत र विशेषज्ञ डाक्टरलाई सरकारले एउटै नजरे हेरेको छ । पाउने सेवा सुविधामा पनि कुनै फरक छैन । जसका कारण ऋण तिर्न, पेशा अनुसारको स्टेन्डर मेन्टेन गर्न डाक्टर निजी क्लिनिकमा धाउनुपर्ने बाध्यता छ ।मलाई त सरकारले २४ घण्टा अस्पतालमै खटाओस् । तर त्यही अनुसारको सेवा सुविधा स्वास्थ्यकर्मीलाई देओस् भन्ने लाग्छ । कोरोनाको महामारीसँग लड्ने स्वास्थ्यकर्मीलाई सरकारले केही राहत दिएको छ । तर डाक्टर हरेक क्षणमा महामारीसँग लढिरहेको हुन्छ ।तसर्थ स्वास्थ्यकर्मीले सरकारबाट गर्ने अपेक्षा भनेको डाक्टर र कर्मचारीलाई एउटै तराजुमा तौलिनु हुँदैन भन्ने हो ।

डाक्टरविना उपकरण र उपकरणविना डाक्टर नथन्किउन्
पैसा कमाउनुमात्रै डाक्टरको उद्देश्य हुँदैन । डाक्टरले पनि समाजमा आफ्नो अस्तित्व खोज्छ । समय अनुसार व्यक्ति विकास चाहिन्छ ।डाक्टरले आफ्नो क्षत्रमा समाजका लागि केही नयाँ गर्न चाहन्छ ।आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान र व्यक्तित्व विकास चाहिन्छ । तर आजसम्म डाक्टरका लागि राज्यले अवसरहरु सिर्जना गर्न सकेको छैन । डाक्टरले नयाँ कुरा सिक्न चाहेभने व्यक्तिगत खर्चमा त्यस्ता सीपहरु सिक्न जानुपर्छ ।कर्मचारी समायोजन हुँदा पनि चिकित्सा पेशाविशेष क्षेत्र भएका कारण राष्ट्रको आवश्यकता अनुसार सबै ठाउँमा सेवा गर्न पाउनुपर्छ भनेका थियौँ । कुनै ठाउँका डाक्टरको अभावमा उपकरण प्रयोगविहीन हुनुपर्ने र कुनै ठाउँमा उपकरणविना डाक्टर थन्कीनुपर्ने अवस्था हुनुहुँदैन । डाक्टरहरु एकै ठाउँमा थन्कीनु हुँदैन भनेका थियौं । तसर्थ डाक्टरको व्यक्तित्व विकाससँगै काम गर्ने उपयुक्त ठाउँराज्यले दिनुपर्छ ।

सरकारी अस्पतालमा अपनत्व हुनुपर्छ
सरकारी अस्पतालनमा सरकारले वर्षेनी लाखौं खर्चेको हुन्छ । सरकारी अस्पताल पनि सुविधा सम्पन्न हुन्छन् । तर पनि आज निजी अस्पतालले नै विरामीको विश्वास जितेका छन् । यसको एउटै कारण राज्यले वर्षेनी लाखौं खर्च गर्ने अस्पतालहरु सुधार नहुनु नै हो । कर्णालीको सन्दर्भमा अझ सरकारी स्वास्थ्य क्षेत्रको अवस्था दयनीय छ । जसको एउटै कारण भनेको राज्यले सरकारी स्वास्थ्य संस्थालाई अपनत्व ग्रहण गर्न नसक्नु हो । यदी कर्णालीका स्वास्थ्य संस्थाहरु सुधार गर्ने हो भने स्वास्थ्य क्षत्रमा लगानी बढाऔं ।औषधि र उपकरणको व्यवस्थागरौ । र डाक्टरहरुको व्यक्तित्व विकासमा पनि ध्यान दिऔं । डाक्टरको व्यक्तित्व विकास र स्वास्थ्य संस्थाको स्तरबृद्धी हुने वित्तिकैकर्णालीमा डाक्टरहरुको ओइरो लाग्छ । किनकीहरेक डाक्टरको इच्छाभनेकै सुविधायुक्त अस्पतालमा काम गर्न पाउँ भन्ने हुन्छ ।

तपाईको प्रतिक्रिया