जाजरकोटलाई २६ हजार क्वीन्टल चामल माग

जाजरकोट, १६ बैशाख ।
जिल्लामा खाद्यान्नको माग बढेपछि जिल्ला खाद्य ब्यवस्था समितिले सरकार सँग थप २६ हजार क्वीन्टल खाद्यान्नको माग गरेको छ । जिल्लामा मौज्दात चामलले खाद्य संकट टार्न नसक्ने भन्दै थप चामलको माग गरिएको हो । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका डिपोहरुमा पनि चामलको स्टक सकिदै गएको र डिपोहरु नजिक नहुँदा चामल लिन समस्या भएपछि थप सात ठाँउमा सहुलियत दरको चामलको ब्यवस्था गर्न माग गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

उनका अनुसार कुशेको टापुचौर र घरंगा, जुनीचाँदेको रजतरा, बारेकोटको काउले, शिवालयको शिवालय, भेरीको पोख्रा र छेडागाडको काँडामा तीन तीन हजारका दरले २१ हजार क्वीन्टल खाद्यन्नको माग गरिएको छ । जिल्ला सदरमुकाम स्थित खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोदाममा थप चार हजार क्वीन्टल र जुनीचाँदे स्थित डिपोमा थप एक हजार क्वीन्टल चामलको कोटा निर्धारण गरि ढुवानी अनुदानका लागी उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय र खाद्य तथा ब्यपार कम्पनीको केन्द्रिय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जिल्लामा संभावित खाद्य संकटलाई टार्न तत्काल २६ हजार क्वीन्टल चामल पठाउन माग गरेका छौ प्रजिअ पन्तले भने ‘डिपो थोरै र भौगोलिक रुपमा टाढा भएकोले नजिकैबाट चामल पाउने गरि ब्यवस्था गर्न आग्रह गरेका हौ ।’


जिल्लामा उत्पादित अन्नले मुस्किलले ६ महिना खान पुग्छ । अन्य महिना खाद्य तथा ब्यापार कम्पनीकै चामलमा भरपर्नु पर्ने अवस्था छ । लकडाउन पछि खाद्यान्नको माग झन बढेको छ । निजी पसलमा खाद्यान्न आयात घटेपछि स्थानिय खाद्य डिपोकै चामलमा भर पर्न थालेका छन् । पश्चिम जाजरकोटमा रहेको दशेरा डिपो रित्तै छ । जुनीचाँदे अस्थायी डिपोको पाँच सय क्वीन्टल चामलको कोटा सकिएर थप एक हजार क्वीन्टल चामल माग गरिएको छ । पजारुको घोगीमा तीन सय ६७ क्वीन्टल चामल मात्र छ । चौखामा एक हजार दुई सय २० क्वीन्टल चामल मौज्दात छ ।

सदरमुकाममा दुई हजार तीनसय क्वीन्टल मात्र चामल छ । प्रत्येक दिन चामलको माग बढीरहेकोले जिल्लाको मौज्दात सकिदै गएको खाद्य तथा ब्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख धर्मराज बस्नेतले बताए । उनले भने ‘चालु आवको चामल पनि आईरहेको छ । डिपोमा पठाईरहेका छौ र डिपोबाट पनि चामल वितरण भैरहेको छ । जिल्लामा हुन सक्ने खाद्य संकटलाई मध्यनजर गदै थप चामलको ब्यवस्थाका लागी खाद्य ब्यवस्था समितिले केन्द्रमा माग गरेको छ ।’



ताजा समाचार