भेरी र कर्णाली नदिमा उच्च सर्तकताकाे आग्रह

सुर्खेत, १५ बैशाख ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको तल्लो क्षेत्र कैलाली, डोटी, अछाम, सुर्खेत लगायतमा ठुलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । यी दुई प्रदेशका अन्य भुभागमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको हुँदा आज (सोमबार), भोली (मंगलबार) र पर्सि (बुधबार) मौसमी प्रणाली सकृय रही मध्यमसम्म बर्ष हुने सक्ने अनुमान गरिएको जल–मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले जानकराी दिएको छ ।
तीनै दिन हावा, हुरी चट्याङ र असिना वर्षा समेतको संभावना रहेकाे जनाइएकाे छ। ४ वटा जिल्ला र आसपासका केही स–साना खोलानालाहरुमा आकस्मिक बहाब पनि हुन सक्ने भएकोले सतर्कता अपनाउन बबई, कर्णाली, महाकाली जस्ता ठुला नदी आसपासका नागरिकहरुमा सूचना जारी गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सि कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार, मंगलबार र बुधबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश ५ भएर बग्ने नदीमा तुलनात्मक रुपमा बहाव बढ्ने भएकाले तटिय क्षेत्रमा निर्माण कार्य गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

महाशाखाका अनुसार सोमबार दिउँसो र राती देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना रहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडीरअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकोकाले वर्षा भइरहेको छ ।


बैशाख १६ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बैशाख १७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार