बनगाड कुपिण्डेलाइ उद्योग वाणिज्य संघको १५ हजार सहयोग

दुर्गा विसि/सुर्खेत (सिम्ता), १४  बैशाख ।

सल्यान बनगाड कुपिण्डे नगरपालिकाकाे काेराेना राहत काेषमा उद्योग वाणिज्य संघ सल्यानले १५ नगदै सहयोग गरेको छ । उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरवहादुर चलाउनेले साे राहत स्वरुप रकम बनगाड कुपिण्डे नगरपालिका प्रमुख गाेविन्द कुमार पुन,र उप प्रमुख मञ्जु यरिलाइ साे रकम हस्तान्तरण गर्नु भएको छ ।


उक्त रकम काेराेना राहत काेषमा जम्मा हुने र विपत व्यवस्थापन राहत काेषमै खर्च हुने जनाएको छ । नगरकाे विपत व्यवस्थापन काेषमा विभिन्न संघ संस्थाले सहयोग थप्ने क्रम जारि रहेको र याे रकमले मात्रै अपुग हुने अवस्था अाए विकास खर्च कटौती गरेर काेराेना विरुद्ध जुध्नकाे लागि रकम विनियोजन हुन सक्ने नगर प्रमुख पुनले जानकारी दिनु भएको छ ।

विश्वजगतले महामारीकाे चरम संकट व्यहोर्नुपरेको याे अवस्थामा सबैलाई जुट्न र सकारात्मक ढंगले सहयोग पुर्‍याउन अनुराेध गरिएको छ ।उद्याेग वाणिज्य संघ सल्यानकाे सहयोग प्रती नगर प्रमुख पुन र उप प्रमुख यरिले धन्यवाद दिनु भएको छ । उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष चलाउने,महासचिव भरत वस्नेत, वरिष्ठ उपाध्यक्ष कुमार वुढाथाेकि,उपाध्यक्ष भुपाल साहु र काेषाअध्यक्ष कालिवहादुर भण्डारी लगाएतको टाेलि सल्यानका १० तहमै राहत रकम प्रदान गर्न दौडधुपमा रहेको जनाएको छ । प्रत्येक स्थानीय तहलाई १५ हजारका दरले नगदै सहयोग रकम हस्तान्तरण गरिने संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार