३ हजार १ सय नागरिकलाई माक्स र सावुन वितरण

दुर्गा विसि/ सुर्खेत (सिम्ता), १४ बैशाख ।

सुर्खेत सिम्ता गाउँपालिका वडा नं ३ को अाग्रिगाउँका प्रत्येक घरका सदस्यलाई पुग्ने गरि एक व्यक्ति एक माक्स र एक घर एक साबुन वितरण गरिएको छ । आग्रीगाउँको प्रत्येक घरधुरीलाई ३ हजार १ सय माक्स र ७ सय १० सावुन वितरण गरिएको छ । मास्क विश्व भरि अभाव भएको अबस्थामा वडा कार्यालयले स्थानीय टेलरलाई प्रयोग गरी सिलाउन लगाएर तयार गरेरकाे थियो ।

वडा नं ३ मा गठन गरिएका ९ वटा युनिट एक्सन टिमले प्रत्येक टाेलकाे घरधुरीमा पुगेर प्रत्येक घर परिवारकाे संख्या,भारत र अन्य देशमा गएको संख्या,घर बाहिर तथा नेपाल भित्र कुनै ठाउँमा गएको संख्या र दीर्घ राेगिकाे अबस्थाकाे विवरण संकलन समेत गरी सकेको छ । माक्स र साबुन वितरण प्रत्येक टाेलका युनिट एक्सन टिमकाे जिम्मा लागाएर घरघरमा गएर एक्सन टिमले वितरण गर्ने वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिनु भएको छ।

३ नं वडा काेराेना राेकथामकाे लागि सबै राजनीतिक दन,समाजसेवी र संघसंस्था सक्रियता देखिएको छ।केही दिन भित्र विपन्न घरधुरीलाई खाद्यान्न वितरण गर्ने वडा सदस्य लाेक बहादुर शाहीले जानकारी दिनुभएको छ भने वडा कार्यलयले विपन्न घरधुरी पहिचान गरिसकेको वडा सचिव तेजबिक्रम सिहले बताउनु भएको छ । टाेल स्तरको युनिट एक्सन टिमले मुठी, माना, पाथि र मुरी अभियान सञ्चालन गरि अापतकालिन अन्न भण्डार गर्ने निर्णय समेत गरी सकेको छ । त्यस्तै गरी वडा नं ४ बजेडीचौरले पनि विपन्र परिवारलाई खाद्यान्न वितरण शुरू गरेको वडा अध्यक्ष भिम बहादुर रावतले जानकारी दिनुभएको छ । वडा नं ६ राकमले पनि सबै नागरिकलाई एक व्यक्ति एक माक्स र विपन्न घरपरिवारलाई खाद्यान्न वितर गर्ने जनाएको ६ नं वडा अध्यक्ष राजेन्द्र सिह ठकुरीले जाानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया