उत्तर कोरियाली नेता किमका नयाँ उत्तराधिकारी

काठमाडौं, १३ वैशाख
उत्तर कोरियाली नेता किम जोङ–उन मुटुको शल्यक्रियापछि यतिबेला अस्पतालमा छन् । उनको अवस्था कस्तो छ भन्नेबारेमा अहिलेसम्म उत्तर कोरियाको सरकारी स्तरबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कतिपय पश्चिमा राष्ट्रका सञ्चारमाध्यमले उनको अवस्था गम्भीर रहेको दाबी गरेका छन् । तर छिमेकी दक्षिण कोरिया र चिनियाँ सञ्चार माध्यमले भने उनको स्वास्थ्य अवस्था सुधार भइरहेको उल्लेख गरेका छन् ।

१२ अप्रिलमा आफ्ना हजुरबा तथा उत्तर कोरियाका संस्थापक किम इल–सुङको जन्मदिनको उत्सवमा सामेल नभएपछि उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरिएको छ । कतिपयले त उनको ‘ब्रेन डेड’ भएकोसम्म हल्ला चलाइएको छ । दक्षिण कोरियाली अनलाइन डेली एनकेले नेता किम मुटु र रक्तनलीसम्बन्धी समस्याबाट गुज्रिरहेको बताएको छ । किम जोङ–उन उत्तर कोरियाका तेस्रो शासक हुन् । उनीभन्दा अघि बाबु किम जोङ–इल र हजुरबुवा किम इल–सुङलेले शासन गरेका थिए । ३६ वर्षीय किम र पत्नी रि सोल–जुका तीन सन्तान रहेको बताइन्छ । त्यसमध्ये एक सन्तान ७ वर्षीय किम जु–ए को मात्रै नाम सार्वजनिक भएको छ । त्यसैले उनको उत्तराधिकारी को भन्ने बहस पनि सँगै उठ्ने गरेको छ ।

बहिनी किम यो–जोङ प्रमुख दाबेदार
यदि किम जोङ–उन गम्भीर बिरामी भए भने उनका बलियो उत्तराधिकारीका रुपमा उनकी बहिनी किम यो–जोङलाई मानिएको छ । बहिनी किम यो–जोङ नेता किमकी सबैभन्दा नजिककी सहयोगी हुन् । किम यो जोङलाई उत्तर कोरियाको निर्णय लिने कमिटीमा पुनः नियुक्त गरिएको थियो । उनी ३० वर्षको उमेरमा नै उत्तर कोरियाली सत्तारूढ वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य बनेकी थिइन् । किम यो–जोङ दक्षिण कोरियाको भ्रमण गर्ने सत्तारुढ परिवारकी पहिलो सदस्य हुन् ।

यसका साथै उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग किमले गरेको छलफलमा समेतसँगै थिइन् । दक्षिण कोरियाको सेजोङ्ग इन्स्टिट्युटका विश्लेषक चेओंग चांगले किम यो–जोङ किमपछि सत्तामा पुग्ने अधिक सम्भावना हुन्छ । धेरैले किम यो–जोङ उत्तर कोरियाको आगामी शासक बन्न सक्ने र युवा भएका कारणले पनि उत्तर कोरियालीले उनको समर्थन गर्न सक्ने अनुमान गरिएको छ ।

किमका छोरा
उत्तर कोरियाका नयाँ उत्तराधिकारीका लागि किम जोङ–उनका छोरा पनि सम्भावित दाबेदारमा सामेल छन् । दक्षिण कोरियाली गुप्तचर विभागका अनुसार किम जोङले २००९ मा पूर्व गायिका रि सोल जूसँग विवाह गरेका थिए । उनीहरुका तीन जना सन्तान भएको विश्वास गरिन्छ । तर उनका सन्तान अहिले नै शासक बन्नेमा समस्या छ । दक्षिण कोरियाको डोङ–ए इल्बो पत्रिकाका अनुुसार किम जोङ–उनले आफ्ना छोराछोरी बारे आधिकारिक रुपमा कुनै घोषणा गरेका छैनन् । किमकी पत्नीले २०१० मा छोरा जन्माएको बताइन्छ । उत्तर कोरियाको भ्रमण गर्ने पूर्व बास्केटबल स्टार डेनिस रोडम्यानले २०१३ मा किम जोङ किम जु ए नामकी छोरी पनि रहेको बताएका थिए ।

किम जोङका सौतेनी दाजुका छोरा
किम जोङ उनका उत्तराधिकारीका रुपमा उनका भतिजा किम हान सोलको नाम पनि सामेल छ । किम हान सोलको जन्म सन् १९९५ मा भएको थियो । हाल सोल किमका सौतेनी दाजु किम जोङ नामका छोरा हुन् । किम जोङ नाम क्यासिनो धाउने र उत्तर कोरियाकै शासनको लगातार आलोचना गर्ने गर्दथे ।

सन् २०१७ मा क्वालालम्पुर विमानस्थलमा हान सोलका बाबु किम जोङ नामको दुई युवतीले घातक विशालु पदार्थ नर्भ एजेन्ट दलेर हत्या गरेका थिए । यसका साथै चिनियाँ प्रहरीले किम हान सोललाई मार्ने षढ्यन्त्र रचेको आरोपमा बेइजिङ पठाइएका केही उत्तर कोरियालीलाई गिरफ्तार गरेको थियो ।

किमका अर्का दाजु
किम जोङ उनका गिटारवादक भाई किम जोङ चोल पनि आगामी नेताको दौडमा रहेका छन् । किम जोङ चोल अब किम जोङ उनका एकमात्र जिवित दाजु हुन् । उनी राजनीति भन्दा बढी गिटारमामा रुची राख्छन् । यतिबेला उनी कुनै पदमा छैनन् । किम जोङ चोलका बारेमा धेरै कम मानिसलाई मात्रै जानकारी छ । उनले किम जोङ उनले जस्तै स्वीटजरल्यान्डमा पढे र आफ्ना भाइजस्तै अमेरिकाका व्यवसायिक बास्केटबलका प्रशंसक हुन् ।

७० वर्षदेखिको पारिवारिक शासन
उत्तर कोरियामा पछिल्लो ७० वर्षदेखि पारिवारिक शासन रहँदै आएको छ । किम उत्तर कोरियामा शासन गर्ने तेस्रो नेता हुन् । उत्तर कोरियाली नेता किम जोङ इलका पाँच सन्तान थिए । तीमध्ये इलले जेठा छोरा किम जोङ नाम र किम जोङ चोललाइ छाडेर कान्छा छोरा किम जोङ उनलाइ उत्तराधिकारी बनाएका थिए । उनका दुइ छोरीमध्ये कान्छी छोरी किम यो जोङ हुन् । उनी किमकै सम्भावित उत्तराधिकारीका रूपमा सक्रिय छिन् ।  एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया