ब्राजिलमा सामूहिक चिहान बनाउन थालियो

काठमाडौं, १३ वैशाख ।
बीबीसी हिन्दीका अनुसार दक्षिण र मध्य अमेरिकामा, कोरोना भाइरसको कारण, सङ्कट अझ गम्भीर हुँदै गइरहेको छ । ब्राजिलको सार्वजनिक स्वास्थ्य प्रणाली पतनको कगारमा छ । अब ब्राजिलको मानौस सहरका अधिकारीहरूले भनेका छन् कि चिहानमा सामूहिक चिहानहरूको अवस्था सिर्जना गरिएको छ । कब्र खन्नेहरूले एक दिनमा १०० शवहरू गाड्नु परिरहेको छ ।


कोरोना भाइरस संक्रमण पछि मृत शरीर तीन गुणाले वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म करिब ५३ हजार कोरोना संक्रमित र ३६ सयको मृत्युको पुष्टि गरेको छ । विज्ञहरू भन्छन् कि कम परीक्षणको मतलब संक्र्रमणको वास्तविक संख्या धेरै बढी हुन्छ ।

तपाईको प्रतिक्रिया