कोदो बाली उत्पादन प्रविधी

संजय बस्नेत
विएससी दोस्रो बर्ष, चौथो सेमेष्टर
कृषि, पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पस चितवन

परिचय :
कोदो करिब १५० से.मि. सम्म अग्लो हुने र जरा २५–४० से.मि. सम्म तल जाने घाँसे परीवारको (Poaceae, family) मा पर्ने एक वर्षिय बाली हो । यसको डाँठ धान, गहुँको तुलनामा केही दरो, चिप्लो र होचो हुन्छ । यो एक स्वयंसेंचन (self pollinated ) वाली हो । नेपालको पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको दोस्रो वाली मानिन्छ । अफ्रीकाको युगान्डा र सो आसपासका देशहरुबाट कोदोको उत्पत्ती भएको मनिन्छ । कोदो उत्पादन गर्ने प्रमुख देशहरुमा क्रमशः भारत, नईजेरेया, नाईजर, चीन, माली, बुर्किनाफासो, युगान्डा, ईथियोपिया, चाड, सेनेगल, नेपाल पर्दछन् ।

उपयोग :
१.पहाडी क्षेत्रमा पिठोको रोटी वा ढिडो बनाई साँझ बीहानको आँढिलो खानाको रूपमा उपयोग गरिन्छ ।
२.कोदोको तुम्बा निकै लोकप्रिय छ ।
३.हर्लिकस ,हलुवा, लोकल रक्सी जाँड बनाउनमा प्रयोग हुन्छ ।
४.कोदोको नल पशुलाई खुवाउन प्रयोग गरिन्छ ।
५.कोदोमा प्रोटिन दुधको जस्तै तागतिलो मनिन्छ ।
७.क्याल्सियम, फोस्फोरस आइरनको मात्रा वढि भएकोले वालआहारमा मिसाउने र सुत्केरीहरुलाई खुवाउने चलन पनि छ ।

कोदोको उन्नत जातहरु :

१.ओख्ले–१ :
यो जात ओखलढुंगा जिल्लाको स्थानीय प्रजाति हो । Mass selection विधिद्वारा यस जाताको छ्नोट गरिएको हो । यो ठाँउ हेरी १५४–१९८ दिनमा तयार हुन्छ । यो जात नेपालको मध्य पहाड तथा उच्च पहाडक्षेत्रको लागि उपयुक्त मनिन्छ। यसको उत्पादन क्षेमता ३.३ मे.टन प्रति हेक्टर रहेको छ ।

२.डल्ले–१ :
यो जात पनि स्थानीय छनौंटबाट निकालिएको हो । यो जात १२५–१५१ दिनमा तयार हुन्छ र प्रति हेक्टर उत्पादन ३.३ मे. टन रहेकोे छ।यसको खेती तराई , भित्री मधेश र मध्य पहाड क्षेत्रमा सफल मानिन्छ ।

३.काभ्रे कोदो–१ :
यो जात काभ्रे जिल्लाको स्थानीय प्रजाति हो । यो जातको वाली १६७ दिनमा तयार हुन्छ र उत्पदन २.३ मे. टन प्रति हेक्टर छ । यो जातको खेती समुन्द्र सतहबाट करिब ९०० देखि १९०० मिटर उचाइ सम्मको मध्य पहाडी क्षेत्रको पाखो वारीमा उपयुक्त मानिन्छ ।


हावापानी र माटो :
यो सुख्खा सहन सक्ने वाली हो। नेपालमा तराई देखि लिएर पहाडी क्षेत्रमा लगभग २३०० मिटर उचाइ सम्म कोदो खेती गारिन्छ । मलिलो माटो कोदो खेतीको लागि उपयुक्त मानिन्छ। कोदोको लागि हल्का बलौटे पाँगो/दोमट माटो उपयुक्त हुन्छ माटोको एज् ५ देखी ८.२ भएको स्थान कोदो खेतीको लागी उपयुक्त हुन्छ ।

कोदो लगाउने तरीका
१.कोदोको वेर्ना सार्ने
२.सोझै बीउ छर्ने
१.कोदोको वेर्ना सर्ने
नेपालमा धेरै जस्तो कोदो वेर्ना सारेर खेती गरिन्छ । तराई वा १००० मिटर तल सम्मको पहाड खण्डमा साउनमध्ये देखि भाद्रसम्म १०००–१५०० मिटर उचाइमा असार मध्य साउन सम्म र सो भन्दा माथीको क्षेत्रमा असार सुरु देखी मध्यमा कोदोको वेर्नासारिन्छ ।

२.सोझै बीउँ छर्ने तरिका
जमिन तयार गरि प्रांगारिक मल तथा अन्य मलहरु माटोमा राम्ररी मिसाई सामान्यतया जेठ १५ देखि असार १५ सम्म कोदो बीउ छरी हल्का चलाई पुरिन्छ ।

कोदो बालीमा लाग्ने मुख्य कीराहरु :
१.ब्लास्ट (Blast  )
पातको सतहमा खैरो, हरियो तथा पहेलो थोप्लाहरु (Lesions) देखा पर्दछ । रोगको प्रकोप बढ्दै जाँदा पातको सतहमा खैरो, हरियो तथा पहेलो थोप्लाहरु (lesions) देखा पर्दैछ । बिरुवाको तथा डाँढ बालाका तल्को भागमा पनि रोगको लक्षण देखा पर्दछ । रोग लागेको बाला चाउरिन्छ र दाना पुस्ट हुन पाउदैन र हल्का हुन्छ ।

२. डाउनी मिल्ज्यू (Downy  mildew )
यीएक प्रकारको (Sclerophthoramacrospora) नामको ढुसिबाट लाग्दछ । यसको प्रकोपबाट कैलेकाही बाली सखाप पनि पार्न सक्दछ । रोगको प्रकोप बढदै जाँदा पातको तल्लो भाग सेतो ढुसी देखा पर्दछ बिरुवाको वृद्धि रोकिन्छ पातहरु घुमिन्छन् ।

वालीकटानी तथा भण्डारण :
कोदोको जात तथा खेती गरिने स्थानको आधारमा बीउ राखे देखि १२०–२०० दिन सम्म लाग्न सक्दछ । मध्य पहाड्मा धेरै जसोकार्तिक १५ देखी मंसिर भित्रमा पाक्दछ । पाकेको कोदोको गेडा कडा र खोस्टा गाडा खैरो हुन्छ तर सबैवाला एकै पटकमा पाक्दैन । धेरै बालाहरु पाकेपछि हँसियाले पाकेको बाला काट्ने गरिन्छ र बाँकी नपाकेको बाला पुनस् काट्ने गरिन्छ । धेरै जसो किसान्ले फट्फुट हरियो भयपनी पुरै वाली जमिन तिरबाट एकै पटक नल सहित काट्ने गर्दछन राम्रो चाही पाकेको बाला टिप्नु नै मानिन्छ । कोदोको नलबाट वाला छुटयाई थुप्रो बनाईपरालले छोपेर तीन चार दिन गुम्या । मएर राखिन्छ र घाममा सुकाइन्छ । यसो गर्नाले गेडा छिटो झर्छ भन्ने अनुभव रहेको छ । आजभोलि कोदो चुट्ने मेसिन पनि बजारमा उपलब्ध रहेको छ । कोदो चुटी सेकेपछी धुलो खोस्टा बताएर सफा गर्नुपर्दछ । यसलाई राम्रो मलजल तथा गोडमेल गरेमा प्रति रोपनी १५०–१७० के.जी सम्म उत्पादन लिन सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार