नागरिकदेखि राष्ट्रसम्म एकिकृत भए काेराेनासंग जीत सम्भव छ

सुजाता आचार्य
जनस्वास्थ्य विद्यार्थी /जाजरकाेट
३१ डिसेम्बर २०१९ मा चीनको हुवये प्रदेश, वुहान शहरबाट पहिलो संक्रमण देखिएको कोरोना भाइरसले, वर्तमाण अवस्थामा सबैलाई आतंकित बनाएको छ । संक्रमित संख्या बडिरहदाँ विश्व स्वास्थ्य संगठ्नले रोगको सम्भावित जोखिम, संक्रमणको अवस्थालाई मध्यनजर गर्दै, ११ मार्चमा विश्वव्यापि महामारीको घोषणा गरेको थियो। साथै अन्य देशहरुमा फैलिन नदिन र थप सतर्कता अपनाउन समेत आग्रह गरेको थियो। आग्रह अनुसारको सचेतना नभएकाले उक्त महामारी वुहानमा मात्र नभई विश्वका करिब २१० देशहरुमा फैलिसकेको छ । विषेश गरी विकसित मुलुकहरु महामारीको ठुलो चपेटामा परेका छन, साथै संक्रमित संख्या, मानविय क्षति पनि बडी देखिन्छ । विश्व स्वास्थ्य संगठ्न अनुसार हालसम्म १ लाख ९० हजार जनाले ज्यान गुमाइसकेका छन, भने २७ लाख भन्दा बडी संक्रमित छन् ।

पछिल्लो अवस्थालाई नियाल्दा महामारीको प्रकोप दक्षिणी मुलुकहरुमा समेत बडिरहेको पाइन्छ । भारतमा शुक्रबार सम्ममा ६ सय भन्दा बडीले ज्यान गुमाई सकेका छन, भने २१ हजार भन्दा बडिमा संक्रमण देखिएको छ । भारतमा संक्रमणको संख्या दिनहुँ बडिरहदाँ नेपालमा पनि प्रत्यक्ष असर पर्न गएको छ । उक्त महामारीबाट नेपाल पनि अछुतो रहन सकेन। वैशाख ८ गते, स्वास्थ्य तथा जनसंख्या मंन्त्रालय अनुसार सामुदायक संक्रमण देखिनुका साथै महामारीले तेस्रो चरणमा समेत प्रवेश गरिसकेको छ। हालसम्ममा नेपालमा ४७ जनामा संक्रमण देखिएको छ । अब पनि नागरिक देखि राष्ट्र सम्म सतर्क नभए इटाली, अमेरिका, फ्रान्स भन्दा बडी क्षति नहोला भन्न सकिदैन ।

कोभिड १९ श्वासप्रश्वासका माध्यमबाट सर्ने सरुवा रोग हो। संक्रमित ब्यक्तिले खोक्दा वा हाच्छिउं गर्दा निस्कने छिट्टाका माध्यमबाट एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सर्दछ । उक्त रोगको खास औषधी र खोप नभएका कारण थप जटिलताको सामना गर्नु परिरहेको छ। त्यसैले वर्तमाण समयमा जनस्वास्थ्य विधिलाई विषेश प्राथमिकता दिई साबुन पानीले नियमित हात धोई, सामाजिक दुरी कायम गरी, लकडाउनको उल्लघंन नगरी, भिडभाडमा जादाँ माक्सको पर्योग गरी, पारिवारिक जमगठ नगरी, पोषिलो आहारमा ध्यान दिने, सत्य तत्थ समाचारमा विश्वास गरी विश्व स्वास्थ्य संगठ्न र सरकारले तोकिएको मापदण्डमा रहि रोगबाट बच्न र न्युनीकरणका लागी ब्यक्ति, परिवार, समाज र राष्ट्र समपुर्ण तहबाट सक्रिय भई भूमिका निर्वाह गर्न आवश्यक छ ।

विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोभिड १९ रोगले एक ब्यक्ति मात्र नभई परिवार, समाज र राष्ट्रमा समेत प्रत्यक्ष क्षति पुर्याइरहेको छ। साथै स्वास्थ सेवा, सास्कृतिक, आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, कृषि विकास, व्यापार व्यावसाय, पर्यटकीय क्षेत्र, रेमिटान्स, जि. डि. पि मा समेत असर पुगेको छ। वर्तमाण अवस्थामा प्राय देशहरु लकडाउनको पालनामा छन्। दिनहुँ चल्ने सवारी साधन ठंप्प छन्। समानहरुको आवत जावत छैन, स्वास्थकर्मी, सुरक्षाकर्मी र नागरिकमा मानसिक तनाव बडिरहेको छ। पहिले जसरी सुविधा पाइरहेका विरामीहरुले आवश्यकता अनुसार सुविधा पाउन सकेका छैनन्। बँच्चाहरु खोपको सुविधाबाट टाढा छन्। गर्वभती महिला र सुत्केरी आमाहरुले पाउने ए. एन.सि र पि. एन. सि सुविधामा समेत असर पुगेको छ। वर्तमानका समस्याले भविष्यमा कति असर पर्ने हो, त्यसको त कुनै लेखाजोखा छैन। विश्वव्यापि महामारी पछिको विश्वलाई कुपोषण र भोकमरीले नडोर्याउला भन्न सकिन्न ।

पछिल्लो समय लकडाउन थपिएका कारण मजदुरहरुमा खाघ संकट टार्न नेपाल सरकार द्वारा राहत वितरणको कार्यक्रम भैइरहेको छ। विभिन्न तहका निकाए, सामाजिक संस्था र व्यक्तिगत तर्फबाट राहतको बितरण भैरहदा सोहि क्रममा भष्टचार, कालोबजारी, आवश्यक ठाउँमा नपुगेको र वितरण गरिएको राहत सामग्रीमा धुलो, ढुङ्गाका साथै मापदण्ड अनुसार पोषणको गुणस्तर नपुगेको समाचार दिनहुँ सुनिरहेका छौ। पौष्टिक गुणस्तर नपुगेका खानाले गर्भवती महिला, स्तनपान गराउने आमा, बच्चा, वृद्धविर्द्धाहरुमा नकारात्मक असर पर्न गई रोग संग लड्न सक्नने प्रतिरोधात्मक क्षमतामा कमि, कुपोषण, अपाङ्गता र मस्तिष्कको विकासमा समेत असर पुर्याउन सक्छ । उक्त विषयलाई वर्तमाण अवस्थामा सरोकारवाला सम्म ध्यानाकर्षण गराई निम्न गुणस्तरको राहत पु¥याउन पनि उतिकै आवश्यक देखिन्छ ।

विश्वव्यापि महामारीको मौका छोपि सामाजिक विकृति (डंकैती, झैझगडा, घरेलु हिंसा, आत्महत्या, कालोबजारी) समेत बडिरहेका छन्। उक्त समयमा सकारात्मक सोचको विकास गरी, विभिन्न विधाका निकाय संग समन्वय गरी विश्व नै एकिकृत भई, नागरिक देखि राष्ट्रसम्म सतर्क हुनाले मात्र विश्वव्यापी फैलिरहेको महामारी बाट बच्न सकिन्छ । तसर्थ बिभिन्न तहबाट आफ्नो भूमिका बहन गरि सब्य मानवताको विकास भए मात्र विश्वव्यापि महामारी संगको जीत सम्भव छ ।

तपाईको प्रतिक्रिया