डुङ्गेश्वर गाउँपालिकालाई मिरमिरेको सहयोग

दैलेख, १३ बैशाख ।
डुङ्गेश्वर गाउँपालिका दैलेखलाई मिरमिरे युवा समाज सिनामंगल काठमाडौंले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाईरस नियन्त्रण, रोकथामका लागि लकडाउनको अवस्थामा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

पिपिई ३५ थान, हेण्डवास ६० लिटर, मास्क सर्जिकल ६ हजार पिस, ग्लोब्स सर्जिकल ५ हजार पिस, फेस कभर ३० पिस, थर्मल गन २ पिस लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । संस्थाको तर्फबाट अध्यक्ष दिेनेश विक्रम शाह र सचिव चेतन न्यौपानेले डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लमार्फत स्वास्थ्य शाखालाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया