एमयूको सेनिटाईजर निःशुल्क, ८०५ जना स्वयमसेवक तयार

सुर्खेत, १२ बैशाख ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतले आफै उत्पादन गरेका सेनिटाईजर शुक्रबार निःशुल्क वितरण गरिएको छ भने कर्णाली प्रदेशमा काेराेना राेक्थाम, नियन्त्रण र उपचारमा अावश्यक परेकाे खण्डमा परिचालित हुनेगरी ८०५ जना स्वयमसेवक तयार गरिएकाे छ ।  कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनी, मुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रदेशका सभामुख राज बहादुर शाही, प्रदेश अस्पताल कालागाउँमा विश्वविधालयकाे उत्पादन गरेकाे सेनिटाइजर शुक्रबार निःशुल्क वितरण गरिएको थियाे ।

तस्विर : पन्चदेव भट्ट, एमयु


विश्वविद्यालयको विज्ञान संकायले आफ्नो ल्यावबाट उत्पादन गरेको ९ सय थान सेनिटाईजर विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले निःशुल्क वितरण गर्नुभएको हो । कार्यालय, कार्यकक्षमै पुगेर सेनिटाईजर वितरण गरिएको थियो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको नेमारे व्यारेक, सशस्त्र प्रहरी बल गण, जिल्ला प्रहरी कार्यालय र सर्वसाधारणलाई समेत वितरण गरिएको मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजविक्रम वस्नेतले जानकारी दिनुभयो ।

यसैबीच उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरु मध्ये राष्ट्रलाई आवश्यक परेको बखत कोरोना बिरुद्धको लडाईमा साथ दिनका लागी स्वयंसेवा गर्न इच्छुक ८०५ जना स्व्यंमसेवकहरुको नामावली समेत प्रदेश सरकार समक्ष पेश गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार