दुर्गा विसि/सुर्खेत (सिम्ता), १२ बैशाख ।
सुर्खेत सिम्ता गाउंँपालिकाले याे समयमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भत्ता वितरणसँगै काेराेना विरुद्धको चेतना फैलाउने काम समेत गरिएको छ । लगडाउनका कारण बैंकहरु वन्द हुदा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको थिएन । शुक्रबार गाउंँपालिकाले वीरेन्द्रनगर सुर्खेतकाे लक्ष्मी बैंकबाट एकमुष्ट रकम भुक्तानी लिइ टाेल टाेलमा पुगेर भत्ता वितरण गर्न थालेको छ।
६ नं वडा कार्यलयले भत्ता वितरण गर्ने क्रममा गजौडा टाेलमा गएर शारिरीक दुरी कायम गरी मास्क वितरण र सामाजिक सुरक्षा भत्ता वितरण सँगै भरपाई गर्नु भन्दा पहिले हातमा सेनिटाइजर घसेर रकम बुझाएको छ । काेराेनाबाट अाफु बचौ र अरूलाई पनि बचाउ भन्ने उदेश्यका साथ याे अभियान शुरू गरेकाे वडा अध्यक्ष राजेन्द्र सिहले जानकारी दिनुभएको छ । वडा नं २, ४, ५ र ८ मा यस अघि नै सामाजिक सुरक्षा वितरण गरिएको थियो भने बाँकी रहेका वडा शुक्रबारदेखि सामाजिक सुरक्षा भत्ता बुझाउन शुरू गरिएको छ । लकडाउनकाे समयमा वृद्धवृद्धाहरुलाइ समेत रुपैयाँ चाहिनेे भएकोले टाेल टाेलमै पुगि काेराेना जनचेतनामूलक सन्देश दिनुका साथै सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्ने गरिएको पाइएको छ ।
युग संवाददाता । । १२ बैशाख २०७७, शुक्रबार २०:३६