सशस्त्र प्रहरी सहायक निरिक्षक बेपत्ता

सुर्खेत, १२ बैशाख ।
सशस्त्र प्रहरी सहायक निरिक्षक (असई) भेरी नदीमा बेपत्ता भएका छन् । गुर्भाकोट नगरपालिका मेहेलकुना खैरेनीमा नुहाउनेक्रममा शुक्रबार दिउँसो ५ः०० बजेदेखि भेरीमा बेपत्ता भएका हुन । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प गुमीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरिक्षक भुपाल कार्की भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएको हुन ।


गुर्भाकोट नगरपालिका सभा गृहमा रहेको क्वारेन्टाईनमा ड्यूमा रहेका उनी ड्यूटि सकेर नुहाउने क्रममा भेरीमा बगेर बेपत्ता भएका हुन । गुर्भाकोट न.पा.–६ बडाखोली स्थायी घर भएका असई कार्कीको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकरी तथा प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया