कर्णाली विपद् कोषमा तीन संस्थाको १० लाख

सुर्खेत, १२ बैशाख ।
कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत विपद् कोषमा शुक्रबार १० लाख रुपैयाँ जम्मा भएको छ । तीनवटा सामाजिक संघ, संस्थाले उक्त रकम मुख्यमन्त्री महेन्द्र बहादुर शाही र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

एभरेस्ट बैंकले ६ लाख, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले ३ लाख र सहकर्मी समाजले १ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । किर्डाकका कार्यक्रम व्यवस्थापक नविन शाहीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सरकारले थालेको अभियानमा साथ दिन सहयोग गरिएको बताए ।


उनका अनुसार संस्थाले आफ्नो कार्यक्षेत्र रहेका सुर्खेत, कपिलवस्तु, कालीकोट, डोल्पा, हुम्ला, जुम्ला र मुगुमा कोभिड–१९ विरुद्ध जनचेतनाका साथै स्वास्थ्य सामग्री वितरण गरेको छ । एभरेष्ट वैंक सुर्खेत शाखाका प्रवन्धक विक्रान्त शर्मा, किडाकका कार्यक्रम व्यवस्थापक नवीन शाही र सहकर्मी समाजका अध्यक्ष रत्न गाहाले १ लाख १ हजार रुपैयाँ जम्मा गरेको भौचर मुख्यमन्त्रीको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन भण्डारीलाई हस्तान्तरण गरेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहयोगी संस्थाहरुलाई धन्यवाद दिँदै कोरोनाविरुद्धको अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार