घाटगाउँमा एक घर, एक प्याकेट नून

सुर्खेत, १२ बैशाख ।
चौकुने गाउँपालिका वडा नं. ९ र १० को घाटगाउँमा प्रत्येक घरधुरीलाई एक÷एक प्याकेट नून वितरण गरिएको छ । कोरियमा रहेका घाटगाउँ निवासी युवाहरुको सहयोगमा एक घर, एक नूनको प्याकेट राहत वितरण गरिएको छ । चौकुने वडा नं. ९ र १० का १३०० घरधुरीलाई एक÷एक प्याकेट नून वितरण गर्न लागिएको स्थानीय जगत विवसले जानकारी दिए ।


चौकुने वडा नं. ९ का वडाअध्यक्ष नमराज जैसीमार्फत ६०० प्याकेट नून वितरण गरिएको छ भने सोही अवसरमा अपाङ्गता भएका दान बहादुर सुजीलाई १७ हजार नगद सहयोग गरिएको छ । कोरियामा रहेका घाटगाउँका प्रविन शाही, प्रशान्त शाही, आशाराम ढुङ्गाना, भक्त खनाल, शिव बहादुर शाहीले राहत वितरण गर्न रकम पठाएका थिए । चौकुने गा.पा. वडा नं. १० को लागि ७०० प्याकेट नून खरिद गर्न काम भैरहेको तत्काल वितरण गरिने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार