हर्रे बनाए एक घण्टामा विद्युत आउने

सुर्खेत, १२ बैशाख ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा विहिबार दिउँसो आएको हावाहुरीपछि विधुत सेवा अवरुद्ध छ । हावाहुरीले प्रशारणलाईनमा असर गरेपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत प्राधिकरण सुर्खेतको टोली विहिबार साँझैदेखि समस्या पत्ता लगाउन खटिएको छ । सुर्खेतबाट एउटा टोली र छिन्चुदेखि अर्को टोली विद्युत सूचारुमा खटिएको कार्यालय प्रमुख टंकराज गिरीले जानकारी दिए । विद्युत प्राधिकरणका प्राविधिक नरेश शाहको टीमल विहिबार राती १०ः०० बजेसम्म विद्युत सूचारु गराउने गरी काम गरेको थियो । मुख्य प्रशारणलाईनमा दुई फेज आएपनि एउटा फेज नचल्दा भ्यालीभित्र विधुत सुचारु गर्न नसकिएको कार्यालय प्रमुख गिरीको भनाई छ ।

छिन्चुदेखि बबईसम्मको विद्युत विहिबार साँझैदेखि सञ्चालनमा ल्याइएको थियो । भ्यालीभित्रको विद्युत सञ्चालनमा ल्याउन शुक्रबार विहानैदेखि दुई वटा प्राविधिक टोली फिल्डमा खटिएको छ । छिन्चुदेखि बबईसम्मको खण्डमा प्राविधिक सुरेन्द्र वस्नेत, मदन वलीको टोली खटिएको छ भने भ्यालीदेखि छिन्चुसम्मको खण्डमा विशाल खत्री, प्रशुराम चौधरी, प्रकाश पौडेलको नेतृत्वमा ३ जनाको प्राविधिक टोली खटिएको छ ।


यो समाचार तयार गर्दा विहान १०ः०० बजे हेर्रे नजिक विद्युत प्राशरणलाईनमा फल्ड भेटिएको कार्यालय प्रमुख गिरीले जानकारी दिए । उक्त फल्ड सुधार गरेपछि अन्यत्र समस्या नभए अबको एक घण्टामा भ्यालीभित्र विद्युत सेवा सञ्चालन हुने उनले जानकारी दिए । हावाहुरीका कारण भ्यालीभित्रको विद्युत प्रशारणलाईनमा समेत समस्या देखिएको जनाइएको छ । मुख्य प्रशारणलाईन सञ्चालनमा आएपछि भ्यालीभित्रको लाईन चेक गरी मर्मतमा प्राविधिक टोली खटाईने कार्यालय प्रमुख गिरीको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार