डोल्पामा स्वास्थ्य सामाग्री पठाइयो

सुर्खेत, ११ बैशाख ।
मनघरी फाउण्डेशन नेपालको अगुवाईमा कर्णाली प्रदेशको जिल्लाहरुमा तेस्रो चरण स्वास्थ्य सामाग्री डोल्पा पठाएको छ । पहिलो चरणमा र दोस्रो चरणमा दैलेखी सेवा समाजसंग सहकार्य गरेर १ सय ११ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान गोलब्स र १० बोतल सेनीटाईजर पठाएको थियो ।
त्यसैगरी तेस्रो चरणमा डोल्पा जिल्लामा २० थान पिपीइ सेट, ४ थान हेड कभर र ५० वटा मास्क डोल्पो बुद्ध गाँउलिका द्यो का अध्यक्ष ग्याल्वो थापा भोटलाई हस्तानातरण गरको छ ।


डोल्पा जिल्लामा ८ वटा स्थानीय तह रहेका छन् । ७ वटा स्थानीय तह मध्य दुईवटा स्थानीय तहमा पीपीई सेट पुगिसकेको छ । अव यी पीपीई सेट बाँकी रहेको गाँउपालिका स्वास्थ्य संस्थाहरुमा पुराउने डोल्पोबुद्ध अध्यक्ष ग्याल्वो थापा भोटेले बताए । स्वास्थ्य सामाग्रीहरु राष्ट्रिय आविष्कार केन्द्र, प्रारम्भ सामाजिक संस्था, आनी छोयिंग डोल्मा फÞाउण्डेशन लगायतले सामाग्रीहरु उपलब्ध गराएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
उनले भने हाम्रो यो सहयोग हेर्दा सख्यामा सानो छ तर सख्यामा भन्दा पनि कर्णाली क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आत्मबल बढाउन सहकार्य गरेको बताए । मित्र राष्ट्र भारतमा रोजगारीको लागी हजारांैको सख्यामा कर्णाली प्रदेशबाट जाने गर्दछन । अहिले भारतकोरानको प्रभाव दिन प्रतिदिन बढे लगत्तै प्रदेशमा हजारांैको सख्यामा आफ्नो गाँउ फर्कि सकेका छन् । तर स्वास्थ्य केन्द्रमा उचित सामाग्री नहँुदा समस्या भएको मनघरी फाउण्डेशनका अध्यक्ष थापाले बताए ।
दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले भने म आफै स्वास्थ्य क्षेत्रमा कार्यरत मान्छे हँु स्वास्थ्य सामाग्री नहँुदा कस्तो समस्या हुन्छ भन्ने बुझेको छु । कर्णाली प्रदेशका स्वास्थ्य चौकीहरुमा पीपीई सेट नहँुदा समस्या रहेको मलाई राम्रो अनुभव छ, यही कुरालाई मध्ये नजर गर्दै स्वास्थ्य सामाग्री पठाएकोे अध्यक्ष शाहीले बताए ।

तपाईको प्रतिक्रिया