सुर्खेत, ११ बैशाख ।
वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको नगर विपद् कोषमा विहिबार एक लाख एक हजार रुपैयाँ प्राप्त भएको छ । कोरोना भाईरस नियन्त्रण, रोकथाम, उपचार र राहातका लागि स्थापना गरिएको नगर स्तरिय विपद् कोषमा सहयोग जुट्नेक्रम जारी रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले एकद्धार प्रणालीबाट राहत विरतण गर्ने निति बनाएपछि नगरपालिकाको विपद् कोषमा नगदै जम्मा हुन थालेको हो । सुर्खेत वीरेन्द्रनगर–१२ निवासी हाल अमेरिका बस्ने समाजसेवी जयन्ती थापाको तर्फबाट ५० हजार र सन्त निरंकारी समूहको तर्फबाट ५१ हजार गरी एक लाख एक हजार रकम कोषमा जम्मा भएको हो । जयन्ती थापाका बुवा धर्मजंग थापाले छोरीको तर्फबाट प्राप्त भएको रकम नगरपालिकाका का.वा. नगर प्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।
युग संवाददाता । । ११ बैशाख २०७७, बिहीबार १९:१३