एनआरएन र किसानको १ लाख १ हजार कोषमा

सुर्खेत, ११ बैशख ।
कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम, उपचार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले विपद् कोष स्थापना गरेको छ । उक्त कोषमा राहत रकम संकलन जारी छ । विभिन्न वित्तिय संस्था, सहकारी, सामाजिक संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन जारी रहेको छ ।

उक्त कोषमा विहिबार दुई वटा लद्युवित्त वित्तिय संस्थाले सहयोग जम्मा गरेका छन् । धनगढी कैलालीमा केन्द्री कार्यालय रही सुर्खेतमा शाखा कार्यालय चलाएको एनआरएन लद्युवित्त वित्तिय संस्था लि. ले ५० हजारको चेक हस्तान्तरण गरेको छ । संस्थाका क्षेत्रीय प्रवन्धक जय प्रकाश उपाध्यायले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेद्र बहादुर शाहीलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । सोही अवसरमा किसान विद्युवित्त वित्तिय संस्था लि. सुर्खेत ले समेत उक्त खातामा ५१ हजारको चेक जम्मा गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य भोजराज शर्माले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया