प्रदेशी छोराको आमालाइ चिठ्ठी : मातातिर्थ औँशी

हाम्री आमा दुर्गम जिल्लाकी !
उमेरले ५० काटिसकेकी मेरी आमा आज पनि उकाली ओरालीमा हामीलाई पछाडि पार्दै सबै काम आफैं गर्न अगाडि तम्सिनुहुन्छ ।
हामी छोरा छोरी भने रूघा खोकी लाग्दा पनि बिरामी, कतै ठोक्किए पनि बिरामी, टाउको दुखे झन् बिरामी। लगभग दैनिक जसो बिरामी भएर आमाको माया खोजिरहन्छौं । तर, आजसम्म मेरी आमा बिरामी भएर ओछ्यानमा सुतेको देखेकै छैन । कहिलेकाही आमा पछाईवाडा मामाघर जाँदा यो घरमै नबसेर आमा सँगै पछि लाग्न दिदी बहिनी झगडा गथ्र्यौं । आमा केही दिन मामा घर गएपछि हामी घरका सदस्य सबैलाई अत्यास लाग्थ्यो । म सँगै मेरा दिदीबहिनी, बा सबै आमाको बाटो हेरेर बस्थ्यौं । आमा घर आउँदा भान्छाका नुन तेलका बट्टादेखि ओछ्यान लुगा सबै अस्त ब्यस्त हुन्थे । आमा आफ्नो भारी बिसाउन नपाई घर सफा गर्न लाग्नुहुन्थ्यो ।

आमाले पकाएको खाना आहा 
आलु वा कर्णालीकै डिढो कै झोल भए पनि कत्ति मिठो । आफूले पकाएको वा अरूले खान दिएको खावा खिर नै किन नहोस् आमाले बनाएको त्यो झोलको अगाडि सबै खल्लो लाग्ने । नेपाली उखानको याद आउँछ ‘अरूको लाख आमाको काख’ साँच्चै हाम्रा बाजे बराजुले उखान टुक्का मिलाएरै राखेका रहेछन् । अहिले सम्झन्छु । आमालाई त्यो बेला कति गाह्रो भयो होला । हामी ४ जना केटाकेटी कोही धान रोप्दारोप्दै जमुनाको बोटमुनी जन्मेका, कोही मल बोक्दा बोक्दै खसेका, कोही गोठमा गाइभैंसीलाई स्याहार्दा त कोही जंगल घाँस लिन जाँदा फुत्केका थियौं रे । उस्तै उस्तै उमेरका हामी झगडा र चकचक गर्नमा उस्तै सिपालु थियौं । हजुरबुवा र हजुरआमा दुवै बुढो हुनुहुन्थ्यो । केटाकेटी, बुढाबुढी अनि बाहिर खेतबारी, जंगलका घाँस दाउरा, गोठका गाई भैंसी, घरका लुगा धुने, खाना पकाउने, सबैलाई खुवाउने, भाँडा माझ्ने, केटाकेटी बुढाबुढी नुहाइदिने इत्यादि कामका चाँग पुरा गर्दा पनि मेरी आमाको अनुहार कहिल्यै थकित देखिनँ । खेत रोप्दारोप्दै उहाँका पैताला र हातबाट झरेका रगतले आली सबै रंगिन्थे । हात सबै हिलाले खाएर झर्ला जस्तै देखिन्थ्यो । तर, पनि उहाँलाई फेरि भोलि बिहान खेतबारीमा काम गरेको देख्थ्यौं । यस्तो लाग्छ यी सबै कामहरू धान्न पनि सानो कमजोर मुटु भएको अरू कोही हुन्थ्यो भने अस्पताल भर्ना गर्नुपथ्र्याे ।

तर, त्यहाँ अरू कोही नभई भगवानको रुप शक्तिशाली मेरी आमा हुनुहुन्थ्यो । हामी भने सानो कुरामा आत्तिने, छिटो रिस उठ्ने तर, मेरी आमा कहिल्यै नारिसाएको देख्दा आमा भन्ने चिज ईश्वरकै बरदान रहेछ भन्ने लाग्छ । कति चाडबाड आए । हामीलाई चाडबाडमा नयाँ लुगाको आशा लाग्थ्यो । हामीलाई आमाले नजिकैको खंलगा बजारमा लिएर जाँदा धेरै पैसा परेको लुगा किन्दिए अलिकति खुसी हुन्थ्यौं नत्र आमालाई लोभीको संज्ञा दिन्थ्यौं । तर, अहिले बल्ल बुझ्छु कि मेरी आमाले बजारबाट किनेर कहिल्यै एउटा टिकासम्म पनि लगाउनुभएको थिएन । उहाँका जवानी उमेरमा लाग्ने इच्छा सबै हामीहरूकै खुशीका लागि दबाउनुभएको थियो । नयाँ लुगा लगाउँदा हाम्रो अनुहारमा आएको हाँसोले र फुरफुर हुने बानीलेनै उहाँलाई सन्तुष्ट बनाउँथ्यो । तर, हामी यो सबै नबुझी आफूले भनेको महँगो लुगा, जुत्ता नपाएर रिसाएर खाना खान अटेर गथ्र्याै ं। मेरी आमाले एउटा चप्पलबाटै ५ वर्ष गुजारा गर्नुभयो । त्यो चप्पल बनाउने कम्पनीलाई पनि मानुपर्छ जस्तो लाग्यो । त्यही हात्तीछाप चप्पलका फिता चुडिए पनि नया रंगी बिरंगी फिताहरू फेरेर आमाले नयाँ चप्पल लगाएको महसुस गर्नुभयो । चाडबाड लागेपछि बुढा बुढी भएको घर भनी आफ्न्तको घुइँचो उस्तै हुन्थ्यो । तर, हामीलाई भने आफू जत्रै केटा केटी आफन्तहरूले ल्याउने भएकाले चाडबाड निकै रमाइलो लाग्थ्यो ।

बर्ष भरिनै चाडबाड जस्तो हुने मेरो घर झन् दशैं, तीज जस्तो महान पर्वमा त बिहे घर जस्तै हुन्थ्यो । आमालाई त्यो बेला खाना पकाउँदा र भाँडा माझ्दा राती बाह्र बज्थ्यो । घरमा आएका पाहुनाहरू कोही लट्टेमा घिउ कमी भएको भन्थे कोही आफूलाई ढिलो खाना खान बोलाएर हेला गरेको भन्थे । तीजको बेला २५ जना जम्मा हुने मेरो घरमा घिउकै खोलो रहेछ भने पनि पुग्ने थिएन । यस्तो बेलामा त कहिलेकाहीँ हामी पनि छुट्ने गर्थ्यौं । दशैंमा बुढो मान्छेको हातबाट टिका थाप्नेको लाइन हुन्थ्यो । त्यो बेला मेरी आमाले सबैलाई मिलाएर दक्षिणा राख्नुहुन्थ्यो । त्यो सिप मेरो आमालाई कसले दियो होला भन्ने लाग्छ । सायद यसमा नै उहाँले पी.एच.डी नै गरे जस्तो लाग्थ्यो । मेरो वुवा आमा लेपच्चे भयर पनी हामी कोहि छोरा छोरीलाई पढाईबाट बन्चित राख्नु भएन । माओवादी त्यतिखेर २४ बँुदे माग राखी वन पस्ने अभियान चलाएका थिए । राती राती आएर खाना पकाएर आमाले खाना खुवाउनु हुन्थो तर गाली पनि गरेरे जान्थे तर पिढा मनमा राखेर बस्नु हुन्थ्यो मेरी आमा । हरेक वर्ष नयाँ कपडा चाहिने घमण्डी छोरा म वुवालाई कहिले अह भन्नो म अहिले सोच्दा आमालाई धेरै नै दुःख दिएजस्तो लाग्छ । त्यो बेला झेल्नुभेको आर्थिक समस्यामा पनि कत्ति पनि बिचलित नहुने मेरी आमा हरेक ब्यवहार कुशलताका साथ सम्पन्न गर्ने खुबी थियो ।

हामी केटाकेटी आमालाई साह्रै सताउने गथ्यौं । हामीले कहिले पनि आज खाना खादैनौं भनेर सुख नै पाउने थिएनौं । जति खान्न भने पनि हजार पटक बोलाएर हामीलाई सुन्दा सुन्दा दिक्क बनाएर हामी जबर्जस्ति अलिकति भए पनि खाने गथ्यौं । सायद यही नै आमाको माया होला । हामीलाई दुध नखाएको भन्दै गिलासमा लिएर आउनुहुन्थ्यो । हामी भने खाट मुनी लुक्ने गथ्यौं । खाटबाट तानेर बाहिर ल्याएर दुध पिलाउने गर्नुहुन्थ्यो । जहिले आमाको एउटा उखानको यादले अहिले चस्को परिरहन्छ । ‘आमाले दुध दिँदा खाइनँ, अहिले मैले अमिलो मोही पाइनँ ।’ हामीलाई त्यो बेला त्यो उखान सुनेर रिस उठ्थ्यो । तर, अहिले आमाको छोराबाट बुहारी भएपछि त्यो उखान मेरी आमाले जानेरै दिनुभएको जस्तो लाग्छ । आमाको काख साह्रै प्यारो हुन्थ्यो । हामी दाजुबहिनी आमाको काखको लागि झगडा गथ्र्यौं । आमाले काखमा राखेर कपाल र गाला मुसारेको सम्झेर अहिले आनन्द लाग्छ । आखिर छोरा भएको कारणले माया धेरै लाग्ने रहेछ जस्तो लाग्छ ।

घरमा ६ बजे चिया बनाएर खुवाउने बुहारी माइत गएपछि १० बजेसम्म पनि ओछ्यानबाट उठ्न खोज्दैनन् । हाम्रो अनुहार, बोली र चाल हेरेरै हामीले भन्न खोजेको कुरा, हामीले चाहेको कुरा, हामी बिरामी परेको कुरा थाहा पाउने हाम्रो निजी डाक्टर आमा हुनुहुन्छ । आखिर आमाको माया जो छोराछोरी माथी खनिएर बसेको हुन्छ । आमाको जस्तो माया संसारको जुन कुनामा खोजे पनि पाइँदैन । जतिनै पैसाले किन्छु भने पनि नपाउने एक मात्र चिज आमा हो र उहाँको स्नेह । आफ्नो ज्यानको आहुति दिएर जन्माउने, हाम्रा हरेक खुसीका लागि मैनबत्ती जसरी जलिदिने, हरेक छोराछोरी जति नै ठूलो भएर गल्ती गर्दा पनि सानो बच्चाले गरेको जस्तो मानेर क्षमा दिने, छोराछोरीको मायाको आस नगरी एकोहोरो माया दिईरहने निस्वार्थी, निश्चल, विशाल दिल भएकी ईश्वरको रूप आमा, तपाईँ महान हुनुहुन्छ । यो समयमा धेरै आमाहरू बृद्ध आश्रममा छोडिएका, कति आमाहरू हेलाका पात्र भएको देखेका छौं तर आमा भनेको एउटा भगवान हुन आमालाई सम्मान र माया गर्नुपर्छ । (पसल रोकाय जुम्ला हाल काठमाडौं ।)

तपाईको प्रतिक्रिया